आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

तीन मुक्तक :अन्जु सापकोटा “अनु”

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

तीन मुक्तक
अन्जु सापकोटा “अनु”

मुटुको कुनामा सधैं बल्झिरहने तिम्रो याद छ,
भन्नु पर्ने धेरै बाँकी मनभित्रै एउटा संवाद छ।
दुनियाँ बदलिएर के भयो र, मेरो यो जिन्दगीमा,
तिम्रो र मेरो चोखो माया सधैं एउटा अपवाद छ

अद्भुत छ सम्बन्ध, नजीर किन चाहियो?
मन मिलिसक्यो भने, तस्बिर किन चाहियो?
विश्वास नै काफी छ यो जुनी काट्नलाई,
साथ तिम्रो पाएपछि, तक्दिर किन चाहियो?

न चल्छ जिन्दगी मेरो यहाँ कसैको इशारामा,
न खोज्छु ओत लाग्न म अरूको नै सहारामा।
सजाउँछु म आफ्नै दुनियाँ आफ्नै पसिनाले,
बगाउँछु आफ्नै डुङ्गा म त आफ्नै किनारामा।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x