सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

गैरआवासीय नेपाली माझ मिजासिला ददिवल , सह – कोषाध्यक्षका उमेदवार , आर्थिक पारदर्शिता मुख्य ऐजेण्डा

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि वर्तमान एनआरएनए एसिया प्यासिफिक उपसंयोजक ददिवल खड्काले आइसिसी सह-कोषाध्यक्षमा उम्मेदवारी दिएसंगै मतदाताहरु उत्साहित भएका छ्न । खड्काले यस अगाडि गरेका सत्कर्मको कारण पनि गैर आवासीय नेपालीहरू माझ उनको स्पष्ट छवि बनेको छ्।
गैरआवासीय नेपाली संघलाई नेपालीपन दिदै एकता ,भातृत्व र विश्व बन्धुत्वको भावना विकास गर्दै अगाडी बढने खड्काको योजना रहेको छ । गैरआवासीय नेपाली संघको सह- कोषाध्यक्षको उम्मेद्बार भएको कारण एआरएनएमा आर्थिक पारदर्शिताको सवाललाई खड्काले अगाडि सारेका छन ।

अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंको सोल्टी होटलमा आयोजना हुन लागेको ११ औं महाधिवेशन तथा नयाँ नेतृत्व चयनका क्रममा आइतबार एनआरएनए अभियन्ता खड्काले सहकोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए ।उम्मेदवारी दर्तापछि उनी एनआरएनए अभिन्ताहरूलाई अहिलेसम्म गरेका सामाजिक काम र सेवाको आधारमा मूल्यांकन गरेर मतदान गरिदिन र आगामी दिनमा सेवा गर्ने अवसर दिन अनुरोध गर्दै आएका छ्न ।
खड्काको उम्मेदवारी दर्तामा प्रस्तावकमा एनआरएनए जापानका निवर्तमान युवा संयोजक राकेश रुम्बा र मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ तथा समर्थकमा आइसिसी सदस्य बिजेश थकाली र एनआरएनए जापानका निवर्तमान केन्द्रीय सदस्य मनोज श्रेष्ठ रहेको थिए ।
गैर आवासीय नेपाली अभियन्ता ददिवल खड्काको परिचय सरल , मृदुल र सहयोगी मनका धनी अभियन्ताको रूपमा स्थापित छ । संसारभर रहेका नेपालीहरुको पिडामा हातेमालो गरेर अगाडि बढने कुरामा उनको अग्रणी भुमिका रहदै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x