बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

अनुसाशन – सुरेशकुमार पाण्डे

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

हामिले कुनैपनि काम गर्दा अनुसाशित हुनैपर्छ।”- आनन्दले युवा विद्यार्थिहरूलाई एउटा प्रशिक्षण दिँदै भन्यो।आनन्दले परायजसो सधैँ अनुसाशनका कुरा गर्दथ्यो। आजपनि उसले उनै कुरालाई दोराएको थियो।
युवाहरूले आनन्दको कुरा अत्यतान्तै ध्यान् दिएर सुनेका हुन्थे।
घरी घरी ऊ उठेर बाहिर जान्थ्यो एकछिन पछि आएर फेरी उनै आफ्नो गन्थन् सुनाउँथ्यो।
” हजुरले एकदम ठिक कुरा गर्नुभयो सर।जहिले पनि हजुरका विचार गहन हुन्छन्। अनुसाशन बिना घर ,समाज र राजनीति पार्टी जुनसुकैमा पनि अनुसाशन छैन भने त्यो सफल हुँदैन। “- सर्वणले उसैको समर्थनमा कुरा थप्यो।
सर्वणले प्रसंसा गरेको देखेर आनन्द पनि मख्ख थियो।
सर्वणलाई केही दिन देखि आनन्दको कुरा राम्रो भएपनि उसको व्यवहारमा भने आसङ्का गर्दथ्यो।
” आज त कार्यक्रम सिद्यिए पछि सँगै जाउँला है सर !”-उसले अनुरोध गर्यो।
” हुन्छ नी मलाई पनि एउटा हजुर जस्तै निडर साथिको आवस्याकता थियो। भनेको जस्तै भयो।”-आनन्दले भन्यो।
प्रशिक्षण कार्यक्रम एकछिन पछि सकियो।
उनिहरू सङ्गै गनतव्य तर्फ लागे।
” अंरे निरज कता हो आज प्रशिक्षणमा आएनौ नी ?”-बाटैमा निरजलाई देखेर सोध्यो।
“आज समय नै मिलेन ! फौजीको गाडीमा अत्यान्तै राम्रो रम बाँटेको रहिछ । हाम्रो बाबा फौजी भएकोले आज त्यही काममा लागें।
” सित्तैमा दिंदोरहिछ ?- सर्वणले सोध्यो।
” हो ! तर उसको एउटा सर्त मानेपछि सित्तैमा बोतल दिन्छ अरे’ त्यही लिन जाँदै छु।”-निरजले भन्यो।
” असली रम भए त औषधी पनि हुन्छ जाडाको । तर कस्तो सर्त रहेछ ?- आनन्दले प्रश्न गर्यो।
” खाने भनेपछि दिने हो। खान्छ की खांदैन भनेर आजमाउन थोरै आफ्नो सामुन्य पिउन पठाउँछ उसैले ।”- निरजले सर्वण तिर हेरेर आनन्दले नदेख्ने गरी आँखा सन्काउँदै भन्यो।
“ए.ए होर ? एक बोतल निशुल्क दिन्छ भने जाबो एक प्याक पिउँन पो केभयो र ला मपनि जान्छु !”- आनन्द हर्षित हुंदै प्याच भन्यो।
आनन्दको कुरा सुनेर निरज र सर्वणले एक आर्कोतिर हेराहेर भए।
दाङ घोराही १८
१४-०१-२०२६( ३०-०९-२०८२)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x