मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

अमेरिका बस्ने गोविन्द के सी समाजसेवामा

  • 258
  •  
  •  
  •  
  •  
  •  
  •  
    258
    Shares

रुकुम (पश्चिम), बाफिकोट वडा न.७ बास्थला स्थायी घर भई हाल अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका समाजसेवी गोविन्द के सिले
आर्थिक सहयोग गर्दै समाज सेवा गर्न दुरिले फरक नपार्ने कुरा पुष्टि गर्नु भएको छ। के सि लामो समय देखि समाज सेवामा सक्रिय रहेको समेत जानकारी प्राप्त भएको छ । केसिले यो भन्दा अगाडि धेरै सहयोग गर्नु भएको र आगामी दिनहरूमा आफ्नो तर्फबाट हुन सक्ने सहयोग निरन्तर गरिरहने बताएका छ्न।

उहाले भन्नू भयो म चाहान्छु मेरो गाउघरका आर्थिक रुपमा कमजोर बालबालिका र अशक्त भोकै हुनु नपरोस। गत श्रावण महिनामा पहिरोमा पुरिएर र भिरबाट लडेर आमा गुमाउन पुगेका कलिला बालबालिकाहरु लाई न्यानो कपडा सहयोग गर्नु भयको छ।

मग्मा गा. वि.स का खेलकुद समिति अध्यक्ष तथा होली पुर्णिामा मेला व्यवस्थापन समितिका सस्थापक अध्यक्ष पुर्व स्वास्थ्य कर्मी  के सिले आमा गुमाउन पुगेका साना बालबालिका लाई न्यानो कपडा र भुकुम्प बाट अति प्रभावित परिवारको लागि राहत होस भन्ने मनशायले २६००० रुपैया  पिडित लाई दिनुभनी पठाएका छ्न । जसमा ८ जना साना बालबालिकाको लागि न्यानो कपडा र भुकुम्प बाट घर भत्किएर अर्काको घरमा बस्न बाध्य जनक चन्द ठकुरीको  परिवारलाई आर्थिक रकम हस्तान्तरण गरेका छन ।

वडाका लगभग ५०% घरहरू चर्कियर बस्न नमिल्ने भएका छन राहतका थुप्राहरु कहाँ छन । देश तथा विदेशका सघ सस्था पार्टी तथा तिनीहरुका भात्री सङ्गठनहरु हाम्रो वडा साच्चिकै अभावमा भएको बेला राहतका पोका यहाँ नआउनु दु:खद छ ।आदरणीय सहयोगी मनहरु यी कलिला बालबालिका साच्चिकै अभावमा छन गोविन्द के सी जस्तै कमलो मन अनि सेवा भाव भएका जुनसुकै ब्यक्ति वा सस्थाले यी बालबालिकाको गाँस बास कपास र शिक्षा स्वास्थ्यमा सहजता प्रदान गर्दिनु हुन अनुरोध गर्दछु भनेर समाजसेवी स्थानीय युवा दिपाराम खनाल ले बताउनु भयो ।

मानवीय संकटको यो क्षणमा सहायताको लागी तपाइले आफ्नो मेहनतको धनराशिबाट पुर्‍याउनु भएको योगदानको जतिसुकै प्रशंसा गरेपनी कमै हुन्छ । यो धर्तीमा अर्बौं सम्पत्ति आर्जन गरेका मानिसहरू प्रशस्त हुन्छन तर अरुको दु:खमा आफू दुख्ने र अरुको भलाइका लागी दिल खोलेर अगाडि बढ्ने विशाल हृदय जो कोहिसँग हुँदैन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x