बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

पल्सर खेलकुद पुरस्कार–२०८१ विभिन्न विधामा सम्पन्न

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares
काठमाडौं ,नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर खेलकुद पुरस्कार–२०८१ विभिन्न विधामा सम्पन्न भएको छ। कार्यक्रममा वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक र खेलकुद संस्थाहरूलाई सम्मान गरिएको थियो।
यसै अवसरमा पोखरा एभेन्जर्स क्रिकेट टोलीले खेलकुदसँगै वातावरणीय जिम्मेवारीलाई जोड्दै ‘हिमनदी संरक्षण’ सम्बन्धी सन्देश प्रवाह गरेको छ। पोखरा एभेन्जर्सका अध्यक्ष इञ्जिनियर सुबोध त्रिपाठीले कार्यक्रममा हिमालय क्षेत्रका हिमनदीहरू तीव्र रूपमा पग्लिँदै गएको विषय गम्भीर चिन्ताको विषय बनेको बताउँदै खेलकुदजस्तो लोकप्रिय माध्यमबाट जनचेतना फैलाउने उद्देश्यले यो अभियान अघि सारिएको जानकारी गराए। अध्यक्ष त्रिपाठीका अनुसार हिमनदीहरू नेपालको जलस्रोत, कृषि, पर्यटन र समग्र जीवन प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। जलवायु परिवर्तनका कारण हिमनदी पग्लँदा भविष्यमा खानेपानी, ऊर्जा उत्पादन र प्राकृतिक सन्तुलनमा गम्भीर असर पर्न सक्ने भएकाले सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताए। पोखरा एभेन्जर्सले प्रतियोगिताका क्रममा पहिरन, सार्वजनिक प्रस्तुति र विभिन्न कार्यक्रममार्फत हिमनदी संरक्षणको सन्देश प्रवाह गर्दै आएको छ। खेलकुद केवल प्रतिस्पर्धा र मनोरञ्जनमा सीमित नभई सामाजिक र वातावरणीय उत्तरदायित्व वहन गर्ने सशक्त माध्यम हुन सक्ने अध्यक्ष त्रिपाठीको भनाइ छ। खेलकुद पुरस्कार कार्यक्रममा पोखरा एभेन्जर्सको यो पहललाई सकारात्मक रूपमा लिइएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। खेल र वातावरणलाई जोड्ने यस्तो प्रयासले युवा पुस्तामा चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x