शनिबार, चैत्र २२, २०८१
Saturday, April 5, 2025

माल्टामा रहेका नेपालीहरुका लागी क्रिकेट प्रतियोगिता हुने

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं , युरोपेली मुलुक माल्टामा रहेका नेपाली समुदायबीच क्रिकेट टुर्नामेन्ट हुने भएको छ । जिरा युनाइटेड क्रिकेट क्लबको आयोजनामा यही अगष्ट २६ र २७ मा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले एक हजार युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन। यस्तै दोस्रो हुने टिमले ६ सय युरोयुरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन, भने तेस्रो हुने टिमले ३ सय युरोयुरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

कार्यक्रमको संयोजक ललितजंग क्षेत्री रहेका छन् । कार्यक्रमको मुख्य प्रायोजन एनआरएनए युवा अभियान्ता रोशन गिरीले गरेका छन् । गिरीले प्रथम हुनेको पुरस्कार राशी र मेडल तथा सर्टिफिकेट स्पोन्सर गर्ने आयोजकले जनाएको छ । नेपाली समुदायको हक हितका लागि काम गरिरहेका युवा अभियन्ता गिरीले युवा लक्षित कार्यक्रममा सदैव साथ र समर्थन रहने भन्दै यो प्रतियोगिता सफल पार्न आफ्नो तर्फबाट सबैको साथ रहने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x