एक थुँगा फूल – रूपा पौडेल ` शाम्भवी `


एक थुँगा फूल
एक थुँगा फूलमा भरिएको
मायाको रङ्गमा घुलिरहेछन्
कोमल,निष्कपट,निस्वार्थ
मायाका भावहरू ।
निश्चल,पवित्र ,
मायाका रङ्गहरुमा
मगमगाइरहेछन् ,
प्रेमका सुवासहरू ।
मायालु हातको स्पर्शले पग्लिदैछन्
फूलका पत्र-पत्रहरू
उफ!स्वार्थको प्रचण्ड गर्मीमा
मायाको स्पर्श कति शितल ।
युगौं काट्न मनलाग्छ
यही स्पर्शमा
युगौ वाँधिन मनलाग्छ
यही अंगालोमा ।
मायाका रङ्गहरू घोलिएको
हृदयको क्यानभासमा,
फुलिरहेछ
एक थुँगा फूल ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE