शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहटमा न्यानो कपडा वितरण

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

प्रेमचन्द्र झा
रौतहट , २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा रौतहट जिल्लाको वि.ओ.पि. रामपुर खापको सहकार्यमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।
आइतबार सुरु गरिएको उक्त कार्यक्रम जिल्ला रौतहट ईशनाथ नगरपालिका–४ रामनगर (चमार टोल) स्थित जिल्ला प्रशासन कार्यालय गौर रौतहटको सहयोग, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटको समन्वय तथा वि.ओ.पि. रामपुर खापको सहकार्यमा आयोजना गरिएको हो।
कार्यक्रम अन्तर्गत ७० थान न्यानो कपडा (कम्बल) प्राप्त भई वि.ओ.पि. रामपुर खाप रौतहटबाट बि.ओ.पि. प्रमुख सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालको कमाण्डमा खटिएको ९ जनाको टोलीले ईशनाथ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल राम र ईशनाथ नगरपालिका–४ का वडा सदस्य गगनदेव रामको रोहवरमा स्थानीय ७० जना विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको हो।
अत्यधिक चिसो मौसम तथा शीतलहरको समयमा नागरिकप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै सशस्त्र प्रहरी बल नेपाल सधैं जनताको साथमा रहेको सन्देश यस कार्यक्रमले स्पष्ट पारेको छ। कार्यक्रममा रामपुर टोलका अपाङ्ग तथा खाप टोलका दलित समुदायका नागरिकलाई समेत न्यानो कपडा वितरण गरिएको थियो।
यस्ता मानविय तथा समाजसेवी कार्यमार्फत सशस्त्र प्रहरी बल नेपालप्रति जनविश्वास र लोकप्रियता बढ्दै गएको स्थानीयको भनाइ छ। विपद् व्यवस्थापन तथा कठिन परिस्थितिमा सधैं अग्रपंक्तिमा उभिएर सहयोग गर्ने सशस्त्र प्रहरी बलको भूमिकाको स्थानीयवासीले प्रशंसा गरेका छन्।
कार्यक्रम सञ्चालन भएको टोलका सर्वसाधारण नागरिकहरू उत्साहित देखिनुका साथै सशस्त्र प्रहरी बल नेपालप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्।यसै बिच सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीका अनुसार हामीले दलित र विपन्न परिवारलाई पहिचान गरि न्यानो कपडा वितरण गरेकाे बताए । जिल्लाकाे बाैधीमाई र राजदेवी नगरपालिकामा समेत वितरण भई सकेको जानकारी दिनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x