नामिबियासँग नेपाल पराजित
काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग पराजय भोगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले नामिबियासँग २० रनको पराजय भएको हो ।
जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन, कप्तान रोहित पौडेलले ४२ रन तथा कुशल मल्लले ३२ रन बनाए । नामिबियाका लागि जान निकोलले ३६ बलमा ११ चौका र ८ छक्काको मदतमा १ सय १ रन बनाए । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा निकोलको यो पहिलो शतक पनि हो ।
नामिबियाका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका मलान क्रुगरले ५९ रन जोडे । माइकल भान लिन्गेनले २० रनको योगदान गरे ।
WRITE COMMENTS FOR THIS ARTICLE