बाल गायिका नायाराको ‘विभिन्न जात–जाती’बाल रक गीत

रातोनेपाल: भाद्र१२,काठमाडौं ।
बाल गायिका नायरा प्रसाइले ल्याइन पहिलो पटक बाल रक पप गीत।
सम्भवत नेपाली बालगीतको क्षेत्रमा यो पहिलो पटक बाल रक–पप हो पनि भन्न सकिन्छ।
‘विभिन्न जात-जाती’ बोलको यो गीत नेपाली गीत संगीतको क्षेत्रमा बालबालिकालाई लक्षित गर्दै तयार गरि सार्वजनिक गरिएको हो।
यस गीतले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सौन्दर्यलाई उजागर गर्दै, सबै नेपालीबीच आपसी मेलमिलाप, एकता र देशप्रतिको कर्तव्यबोधलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
गीतमा “विभिन्न जात–जाती, वर्ण–भाषा–भाषी, हातमा हात मिलाई सङै नाचौं साथी” भन्ने भावमार्फत नेपालभित्र रहेका विविधता र भिन्नतालाई स्वीकार्दै त्यसैलाई शक्तिको स्रोत बनाउने सन्देश दिइएको छ। देशको सेवा, योगदान र गौरवशाली गोर्खाली पहिचानलाई गीतमार्फत विशेष महत्व दिइएको छ।
यो गीत वरिष्ठ गीतकार डा. ओमकृष्ण प्रसाईले लेखेका हुन् भने संगीत प्रतिभाशाली संगीतकार महेश ज्ञवालीले सिर्जना गरेका छन्। सुमधुर स्वरमा प्रस्तुत गरिएको यस गीतलाई आधुनिक शैलीमा सञ्जय हमालले एरेन्ज गरेको हो।
संगीतलाई दृश्य माध्यमबाट जीवन्त बनाउन बिमल ढकालले क्यामेरा र निर्देशन गरेका छन् भने कलर तथा सम्पादन ललित सावदले पूरा गरेका छन्।
यो गीतको म्युजिक भिडियो गीतकार स्वयं डा ओमकृष्ण प्रसाईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
यो म्युजिक भिडियोले परम्परागत बालगीतको स्वादसँगै आधुनिक रक–पप शैली मिसिएको यस गीतले नेपाली बालसंगीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
यस गीतमा दाजु–भाइ, दिदी–बैनीबीचको आपसी सम्बन्ध, आमाको ममता र बाबाको सपना पूरा गर्ने प्रतिबद्धता, साथै देशको झन्डालाई सगरमाथाको उचाइमा फहराउने आकांक्षा समेत जोडिएको छ। गीतले बालबालिकालाई असल, ज्ञानी र देशप्रेमी बन्न प्रेरणा दिन्छ।
“विभिन्न जात–जाती” गीतमार्फत राष्ट्रिय एकता, सांस्कृतिक विविधता र देशभक्ति भावनालाई बालसंगीतमा नयाँ धारको रूपमा प्रस्तुत गर्दै नेपाली बालगीतलाई नयाँ धार र स्वरूप दिनुका साथै बालबालिकालाई आधुनिक संगीतसँग परिचित गराउने अपेक्षा गरिएको छ।
गीतको अडियो रेकर्डिङ एलेबल स्टुडियो पुतलीसडक साथै गीतको मिक्सिङ गोविन्द सोनिले गरेका हुन्।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE