मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

कमला सिरियलको सिजन २ दर्शकले अत्यधिक मन पराए

कलाकार , निर्देशक तथा टेलिफिल्म निर्माता भिमसेन गौतम नयाँ नयाँ काम गर्न रुचाउँछन् । उनकै निर्देशन रहेकोे र सामाजिक कथामा बनेको कमला सिजन 2 अहिले दर्शक माझ आएको छ । यस टेलिफिल्मलाई देश बिदेशमा रहेका दर्शकले मन पराएका छ्न । युवा पुस्तामा चिनिएकी कलाकार अर्जिता थापाको अभिनय स्वाभाविक र कथाको मर्म अनुसार नै छ । मुख्य भुमिकामा उनै थापा रहेकी छ्न । कमला चौलागाईं गौतमको कथा पनि उत्कृष्ट छ।
कलाकार अर्जिता थापाको प्रस्तुति रहेको कमलाको निर्माता बिपना मुडला कार्की रहनुभएको छ । अनुस्का थापाको ब्यबस्थापन रहेको छ ।
यस टेलिफिल्ममा कलाकारहरू भिमसेन गौतम , अर्जिता थापा , सरोज शर्मा , सुनिता भट्टराई , अर्जुन दुम्जाली , सनिल केसी , अनुस्का थापा , सन्जिव श्रेष्ठ लगायतको अभिनय रहेको छ । टेलिफिल्ममा आवस्यक म्युजिक बिष्णु तामाङले भरेका छ्न । बिना शाक्यको मेकअफ रहेको छ । छायांकनको अभिभारा शाक्य फोटोग्राफीले लिएको छ । बिक्रम शाक्य र बिक्रम थापाको छायांकन कलामा कथा सलल बगेको छ । छायांकनसँगै बिक्रम शाक्यले टेलिफिल्मको सम्पादन समेत गरेका छन् । सम्पादन पनि राम्रो नै रहेको छ ।
कन्सेप , लेखन , निर्देशनमा भिमसेन गौतमले मेहनत गरेका छन् । उनले दर्शकको माग र चाहनालाई पुरा गर्न कथालाई स्वाभाविक रूपमा दृश्यमा ढाल्ने प्रयास गरेका छ्न ।सामाजिक कथामा ग्रामीण परिवेशलाई समेटेर आएको कमला धारावाहिक सिरियल हेर्ने दर्शकहरूले भावुक भएको , मन छोएको प्रतिक्रिया दिररहेका छ्न ।
निर्देशक भिमसेन गौतम भन्छन् – ` सिमित स्रोत र साधनमा उत्कृष्ट काम गरौं भन्ने हाम्रो टिमको उदेश्य हो । सामाजिक कथामा धेरै सिरियल बनिरहेको अबस्थामा हामीले कमलालाई केही फरक गरी देखाउन खोजेका छौँ । हाम्रो टेलिफिल्म हर्ने दर्शकहरूले पुरानो समाज पनि पाउनु हुन्छ , आजको समाज पनि पाउनु हुन्छ । सबै उमेरका दर्शकले कमलामा आफ्नु कथा पाउने छ्न भन्ने लाग्छ । हो कमला समाजको कथा हो । ´
कमला अहिले कमला अफिसियल युटुव च्यानल मार्फत प्रसारण भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x