हाम्रो पुस्ताले दिन नसकेको ज्ञान प्राप्त भएकोमा खुशि

नेपालगञ्ज आफ्नो पुस्ताले आफ्नी बुहारीलाई दिन नसक्ने ज्ञान यस कार्यक्रमबाट प्राप्त गरेकोमा धेरै खुसी भएको पुर्ब राष्ट्रिय सभा सदस्य मिना बुढाले एक कार्यक्रममा बताईन ।
फ्रिडम किटब्याग्स युके को आर्थिक सहयोगमा बास नेपालले सोमवार दाङ जिल्लाको गढवा गाउँपालिकाको वडा नम्बर ६ मानिकापुरस्थित पिपल चौतारामा आयोजित फ्रिडम किट ब्याग्स बितरण तथा समुदायिक शिक्षा कार्यक्रममा आफ्नो भनाई राख्दै पुर्ब राष्ट्रिय सभा सदस्य बुढाले उक्त कुरा बताएकी हुन ।
साथै उनले महिनावारी स्वच्छता र सामुदायिक शिक्षा महिलाका लागि मात्र नभई हरेक पुरुषका लागि पनि आवश्यक रहेको उल्लेख गरिन् ।
कार्यक्रममा मनिकापुरका ७५ जना महिला तथा किशोरीहरूलाई फ्रिडम किट झोला ( पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड ) प्राप्त गर्दा उनीहरूको खुशी हेर्नु साँच्चै नै एक दृष्य थियो ।
कार्यक्रममा अतिथिहरू र सहभागी महिला तथा किशोरीहरूले जिल्लाको ग्रामीण क्षेत्रमा शिक्षा प्रदान गर्न र वितरण गर्न सहयोग गरेकोमा बास नेपाललाई धन्यवाद दिए । उनीहरूले प्याड किन्न नसक्ने वा पहुँच नभएका ग्रामीण महिलाहरूका लागि महिनावारी धेरै पीडादायी हुने बताए । फ्रिडम किट ब्याग्स प्राप्त गर्नाले महिनावारीको समयमा भोग्नु पर्ने समस्याहरूलाई सम्बोधन गर्न मद्दत पुग्ने सहभागीहरुले आशा व्यक्त गरेका थिए । उनीहरूले छुटेका अन्य महिलाहरूका लागि पनि महिनावारी स्वच्छता शिक्षा र वितरणको लागि पनि अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा बास नेपालकी फ्रिडम किट ब्याग्स परियोजनाकी पुर्ब ब्यवस्थापक राष्टि बुढामगरले सामुदायिक शिक्षा कार्यक्रम दिएकी थिईन भने फ्रिडम किट ब्याग्स परियोजनाकी ब्यवस्थापक रमिता शाह र एजुकेशन अफिसर मिना घर्तिमगरले प्रयोग बिधिबारे कक्षा दिएका थिए ।
गढवा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष अध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य मीना बुढा, ज्येष्ठ नागरिक कर्णबहादुर बुढा, सम्पूर्ण कार्यक्रमको संयोजन गर्ने स्थानीय युवा बुद्धिबल बुढा, बस नेपालका निर्देशक हेमराज भट्ट, परियोजनाकी पुर्ब ब्यवस्थापक रस्टीा ब्यवस्थापक रमिता शाह, एजुकेशन अफिसर मिना घर्तिमगर को उपस्थिति रहेको थियो।
बास नेपालका निर्देशक हेमराज भट्टले कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने बास नेपालका जनसम्पर्क अधिकृत माधव कुमार कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE