बुधबार, चैत्र १९, २०८१
Wednesday, April 2, 2025

प्रीति अर्यालको कविता – प्रेम

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

कविता -: प्रेम

मैले प्रेम गर्ने
ओ प्रिय मान्छे
समय नदीमा हेंलिदै
जहाँ जहाँ पुगे पनि तिमी
समाहित गर्दै
मभित्र तिमीलाई
प्रेम गरिरहन्छु ।

भराेसाकाे शान्त छहारीमा
मुटुमाझ राख्दै तिम्रो छवि
भावनासँग भावनाहरु साट्दै एकान्तमा
आनन्दपूर्वक पर्खिरहन्छु ।

जे – जे मन लाग्छ गर्नु तिमी
तिमीलाई प्रेम गरिरहन्छु………।

समाहित गर्दै जीवन – शून्यता
हृदय – तलाउमा
बाटो हेर्दै
सिङ्गो तिम्रो उपस्थिती खाेजिरहन्छु ।
तिमीलाई म प्रेम गरिरहन्छु ।

मनभित्र उर्लिएकाे दु:ख- पीडा
स्नेह ईरेजरले मेट्दै
चकनाचुर पार्दै
तडप , छट्पटी ,उदासी
तिमी भित्रका
मधुरो बालेर बत्ती
अंकमाल गर्दै मेटाईदिउँला
हृदय भित्र मडारिएकाे
एकान्त झरि
र , गराैंला सपनाका कुरा ।

असाध्यै मनपर्ने तिम्रो छवि
नहटाई कहिल्यै मुटुबाट
प्रेम गरिरहन्छु।।

छाेडि गए पनि तिमी
आजीवन नमेटिने तिम्रा
पैतालाका डाेबहरु पछ्याईरहन्छु ।
आगमन पर्खिदै तिम्रो
निरुद्देश्य ,
अन्तिम साससम्म जीवनको
प्रेम गरिरहन्छु ।

घृणा नै पाे गरिरहन्छाै कि तिमी ……..?

वियोगमा भावशून्य हुदै
एक्लै एक्लै जम्न लाग्दा तिमी
उदासीकाे उर्घादै पर्दा
अन्तिम स्टेशनसम्म जीवनको
सुरक्षित तिमीलाई राख्न चाहान्छु ।
ओठमा पलाएको दु:ख पालुवालाई
ओठैले पुछिदिन चाहन्छु।

आश्चर्य चकित नहुनु तिमी
हुदै नहुनु आश्चर्य चकित
चाहन्न बन्न जीवनसखा……
बन्दै बन्दिन म प्रेमिका पनि……!

नियत बस,
ओझेल पर्दै गए पनि तिमी
पछ्याउँदै तिमीलाई
हृदयमा थुनि राख्छु
मैले प्रेम गरेको
प्रेमको अनाैठाे कहानी ।।

प्रीति अर्याल
२०८०/४/१७

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x