पूर्वमन्त्री भगबती चौधरीको पहलमा गरिब विपन्नलाई एक सय घर निर्माण हुँदै


सो क्रममा बोल्दै सांसद चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र जनताका लागि आफु सदैव क्रियाशिल रहने बताउँदै आफु राजनीतिमा लाग्दा आफुले जनताको विकास कसरी हुन्छ भन्नेमा सोच बनाएको बताउनु भयो । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीले जनताका सुख दुखःमा आफु हरदम रहने बताउँदै जनताका आधारभूत आवश्यक्ताहरु पुरा गर्न र सो क्षेत्रको बृहत्तर विकासमा आफु अहोरात्र खट्ने प्रतिबद्धता जनाइन् ।
चौधरीको सक्रियतामा क्षेत्रमा आएको परियोजनालाई कसरी सफल बनाउने ? लक्षित वर्गहरु कसरी पहिचान गर्ने ? सुरक्षित आवासको मोडल कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी सहित स्थानीय जनप्रतिनिधि र नागरिकको बाक्लो उपस्थिति रहेको थियो ।
एक वर्षभित्र सुनसरी क्षेत्र नं. ३ का एक सय घर परिवारलाई सुरक्षित आवास निर्माण गर्ने यो परियोजना गढी, बर्जु, इनरुवा ७, इटहरी उमनपाको सुकुम्बासी क्षेत्र र दुहवी नगरपालिका अन्तरगतका सुकुम्बासी वस्तीमा सञ्चालन हुनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE