राजनीति – सुरेशकुमार पाण्डे

शेखर हजुरलाई बतासले भेटाएछ नी ? राजनीति केका लागि गर्छन् ? “- महेशले एकैचोटी दुइव़टा प्रश्न सोध्यो।
” सबै यो घोषणापत्रमा लेखेको छ ।हवाले नभेटाएको पनि केही हुन्छ र ? “- शेखरले पनि महेशलाई चुनावी घोषणा पत्र थमाउँदै प्रतिप्रश्न गर्यो ।
” के यो घोषणापत्रमा लेखेका जम्मै एजेण्डाहरू र प्रतिबद्दता पुरा गरेका छन् त कसैले ?”- महेशले प्रश्न गर्यो।
” प्रयास गरिएकै छ अब गर्दागर्दै पनि केही पुराहुन बाँकी हुनसक्छन् ।”- शेखरले भन्यो।
” तर हजुरले पहिले फूललाई भोट माग्नु भयो, फेरी कांडालाई अहिले ऊँटलाई किन प्रत्येक पटक पार्टी परिवर्तन गरेको त ?”- महेशले प्रश्न गर्यो।
” राजनैतिक आन्दोलन हो हामिलाई निरन्तर शङ्घर्ष गर्नु परेको हुन्छ। सधैँभरी एउटै पार्टीभित्र बसेर जनतालाई सुबिधा दिन सकिदैन त्यसैले नयाँ नयाँ पार्टीबाट जनताको सेवा गरेको छु।”- शेखरले स्पष्टिकरण दिंदै भन्यो।
“तर हजुरले पहिले पछिल्लो पटक काँडालाई भोट माग्दा फूलको खुबै बिरोध र भण्डाफोर्ड गरेको देखियो पछि फेरी त्यही फूलसँग सरकारमा मन्त्री भएको पनि देखियो। यस्तो बिरोधाभाष किन ? “- महेशले प्रश्न गर्यो।
” राजनीति केका लागि गर्ने भनेको देश र जनताको लागि। सरकारमा नपुग्दै जनतालाई केही दिन सकिदैन त्यसैले ठुलो पार्टीको समर्थन गरियो।”- शेखरले भन्यो।
” त्यहाँ पुगेर पनि त जनतालाई केही दिएको जस्तो लागेन हजुरले ! “- महेशले भन्यो।
” हो ! मेरो विचार मानेनन् त्यो गठबन्धनले रत त्यो छोडेर अहिले ऊँटमा भोट माग्दै छु।”-शेखरले भन्यो।
” यस्तो घरी घरी नयाँ पार्टी बनाउन मिल्छ त ? यो त अवसरवादी व्यवहार हो! ” – यतिबेर दुबैजनाको कुरा सुनेर बसेकी चमेलीले प्याच भनिन्।
” राजनीति र प्रेममा नजायज र असम्भव भन्ने कुनै शब्द हुँनेरहिनछ क्या !”- महेशले शेखरतिर हेर्दै चमेलीको प्रश्नको उत्तरमा कटाक्ष गर्दै भन्यो।
दाङ घोराही १८
२२-०२-२०२६( १०-११-२०८२)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE