बाघ भैरवबारे – रत्नप्रसाद अनामणि श्रेष्ठ

बाघ भैरव
काठमाडौं उपत्यकाबाट करिब सात किलोमिटर दक्षिण पश्चिम किर्तिपुरमा बाघ भैरवको मन्दिर रहेको छ । समुन्द्र सतहबार १४०५ मीटरको उचाईमा रहेको यो मन्दिरको लम्बाइ ५० मीटर र चौडाई ३० मीटरको क्षेत्रफलमा छ । यस मन्दिरलाई कीर्तिपुरबासीले आफ्नो आराध्यदेवका रूपमा मान्दै आइरहेका छन। यस मन्दिर प्यागोडा शैलीमा बनेको छ बनेको छ भने तीन तल्ला रहेको छ । पूर्व-पश्चिम भागमा लाम्चो पारी फैलिएका यो मन्दिर किर्तिपुरबासीको ऐतिहासिकता एवम् सांस्कृतिक शानको रूपमा रहेको छ ।
मन्दिर धार्मिक, सांस्कृतिक महत्वका साथै प्रस्तरकला कला र उत्कृष्ठ काष्ठकलाले भरिपूर्ण रहेको छ । यस मन्दिरको परिसरबाट चारैतर्फका यो मनोरम दृश्यहरु हेर्न सकिन्छ। यस मन्दिरको गजुरको विशेषता उल्लेख गर्नु नै पर्ने हुन्छ। यस मन्दिरमा सबैभन्दा माथि ११ वटा र सबैभन्दा तल एक वटा गरि जम्मा १८ वटा गजुरहरु रहेका छन।
गोपालराज वंशावलीका अनुसार कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले नेपाल संवत् २१९-२४६ को बीचमा गरेको उल्लेख छ । भनिन्छ कीर्तिपुरको स्थापनाकालदेखि नै बाघ भैरबको स्थापना भएको मानिदै आएको छ । बाघ भैरवको उत्पत्ति बारे एउटा रोचक किम्बदन्ती रहेको छ ।
परापूर्वकालमा हालको बाघ भैरव रहेको स्थानमा जंगल थियो । उक्त जंगलमा गाउँका केटाकेटीहरू भेडाबाख्रा चराउन जान्थे रे । भेडाबाख्रा चराउन जाने बाल बालिकाहरू विभिन्न खेल खेल्ने गर्दथे।
एक दिनको कुरा हो । गोठालाहरू माटोको बाघ बनाउने खेल खेल्दै थिए। एउटा गोठालाले माटो राम्रो बाघ बनाएछ । । बाघलाई जिब्रो हाल्न पात खोज्न जंगलतिर यताउता गएछन्। कोही नभएको बेलामा माटोको बाघ साँच्चिकै बाघ भैरव बनी भेडाबाख्राहरू सबै खाइदिए छन्। पात टिपेर गोठालाहरू फर्कंदा आफ्नो भेडाबाख्रा , नदेखेपछि उनीहरु रून कराउन थालेछन् । पछि आफूहरूले बनाएको माटोको बाघ नजिक पुग्दा बाघको मूर्तिको मुखभरी रगत लतपतिएको देखेछन । त्यसपछि आफूले जिब्रो बनाउन ल्याएका पातलाई जिब्रो नै नराखी फालिदिएछन् ।
त्यसपछि सबै गोठालाहरु घर फर्किए । आफ्नो आमा बुबाहरूलाई सबै कुरा बताएछन् । आफ्ना आफ्ना आमाबुबाहरू लिएर फेरि त्यस जंगलमा हेर्न जाँदा त्यस बाघ मुर्तिमा परिवर्तन भएको देखेछन्। त्यसबेलादेखि बाघ भैरव भनि मान्न थाले। गोठालाहरूले पातको जिब्रो नहालेकोले हालसम्म पनि बाघ भैरव मूर्तिमा जिब्रो छैन भनिन्छ।
अर्को किम्बदन्ती अनुसार परापूर्वकालमा किर्तिपुरबासीहरूलाई दानासुर राक्षसले निकै दुःख दिएको थियो । सो कुरा द्वारिकाका कृष्णले थाहा पाएछन । यहाँका मानिसहरूले निकै दु:ख पाएको देखेर यस क्षेत्रमा आएर दानासुरको बध गरी त्यहाँका जनताहरूको रक्षाका लागि बाघ भैरवको स्थापना गरि लदिएका हुन् भन्ने पनि किम्बदन्ती रहेको छ ।
बाघ भैरवको जात्रा हरेक वर्ष भदौ १गते सिंह संक्रान्तिको दिन गरिन्छ । जात्राको अवसरमा मूर्तिलाई रथमा राखेर कीर्तिपुरका विभिन्न स्थानमा बाजागाजाका साथ निकै हर्षोउल्लाससहित कीर्तिपुरवासीहरूले मनाउने गर्दछन।
कीर्तिपुरबासीका कुल देवता अथवा आज धो: रुपमा मान्दै आइरहेको बाघ भैरवको पूजाआजा सबै तान्त्रिक बिधि अनुसार गरिन्छ ।
हाल बाघ भैरवको मूर्ति नयाँ बनाएपछि छुन नपाउने गरी सिसामा राखिएको छ ।
ओबाघ भैरव मन्दिरको पहिलो तल्लामा रामायण र महाभारतका कथाअनुसार मूर्ति कुदिएका छन्। बाघ भैरवको मूर्ति शरीरको भाग माटो र मुखाकृति चौदीको रहेको छ । प्राचीन प्रचलन अनुसार मूर्ति निर्माणका लागि कीर्तिपुरका विभिन्न ऐतिहासिक सात स्थानबाट र काठमाडौंको म्हेपीबाट माटो ल्याई काठ बनाउने परम्परा रहेकोछ ।
बाघ भैरवको जात्रामा ३६० वटा रोटी चढाएर तान्त्रिक पुजा गर्ने गरिन्छ भने मन्दिरमा १०८ पटक परिक्रमा गरेमा आफूले मनले चिताएको पूरा हुन्छ भले जनविश्वास रहेकोछ। स्मरणीय कुरा यो छ की नेपाल एकीकरणको बेलामा कीर्तिपुर माथि गोरखालीहरुले युद्ध गर्दा गोर्खालीहरूबाट खोसिएका हतियारहरू समेत मन्दिरमा राखिएका छन्।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE