शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

बंगलादेशमा शुक्रबारदेखि प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन

बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको हो ।

बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका थिए ।

आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय छ। चुनावको पूर्वसन्ध्यामा भएको प्रदर्शनले अधिकारीहरूलाई चिन्तित बनाएको छ।

छ दिनसम्म उपचारपछि इन्कलाव मञ्चका प्रवक्ता सरिफ ओस्मान हादीको बिहीबार निधन भएको हो । बंगलादेशमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सिंगापुर लगिएको थियो। उनीमाथि गत साता शुक्रबार ढाकामा नकाबधारीले टाउकोमा गोली हानेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x