दुबईमा ‘गोर्खा साझँ’हुने


संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘गोेर्खा साँझ’ नामक वृहद सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको छ । नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्धनका लागि आगामी अक्टोबर ८ मा कार्यक्रम गर्न लागिएको गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले जानकारी दिनुभयो ।
उनका अनुसार बर दुबईस्थित मेट्रो पार्क नजिकै एसके–७ हलमा दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा कलाकार पल शाहसहित रुबिना अधिकारी, कुलेन्द्र बिके, सुरेश लामा, सुप्रिम मल्ललगायतका कलाकारको सहभागिता रहनेछ ।
गैरआवासीय नेपाली संघ यूएईसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका लागि विभिन्न संघ संस्थाको सहयोग रहेको बताउँदै मल्लले कार्यक्रमको प्रमुख अथिति स्थानीय उद्यमी डा.बु अब्दुल्लाह रहने तय भएको जानकारी दिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE