आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

लघुकथा – भोट – सुरेशकुमार पाण्डे

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

सुरेशकुमार पाण्डे
” दिनु अहिले भोट कसलाई दिन्छस् ?”- रामेले आफ्नो मित्रलाई सोध्यो।
” जसलाई दिएपनि भयो कसैले केही गर्ने होइन क्यारे ! तिमिले भन जसलाई दिने भन्छौ त्यसैलाई दिन्छु मैले त। “- दिनुले निदार खुम्चाउँदै भन्यो।
” कसैले भनेर भन्दा आफ्नो विवेक प्रयोग गरेर दिनुपर्छ । भोट भनेको त सामन्या हुँदैन।एक पटक गलति भएपछि पछुतो मात्र हात लाग्छ।त्यसैले भोट खुबै सोच विचार गरेर मात्र दिनुपर्छ।” – रामेले दिनुलाई सम्झाउँदै भन्यो।
” सबैले सधैँ त्यस्तै भन्छन् अनि घुमाई फिराई आफ्नै दुनो सोझाउँछन्।तिमिले पनि भन कसलाई दिने हो म उसैलाई दिन्छु भोट। “- दिनुले पनि सङ्का मिश्रृत भाषामा बोल्यो।

” हामिलाई सङ्घीयता चाहिएको थियो ? वा कुनै कालखण्डमा जनताको माग थियो ? न देशको लागि फाइदा न जनताको लागि फाइदा।आज वाईहातमा एकजनाको शान्तिमा लगभग नब्बेहजार ऋण परेको छ।साथै एमसीसीले गर्दा आज अमेरिकि साम्राज्यवादले देशलाई आफू तिर लतार्न थालेको छ। देशैभरी आफ्ना ऐजेन्टहरू राखेर जनताको अमूल्य मत प्राप्त गर्न कम्मर कसेकाछन्। “- रामेले सङ्घीयता र एमसीसीको दुशपरिणायको बारेमा बतायो।
” त्यो त ठिक हो फेरी भोट कसलाई दिने त अहिले भर्खर निर्दोषको हत्या गर्ने ,देश जलाउनेहरू पनि भोट माग्दै हिंडेकाछन् ?”- दिनुले प्रश्न सोध्यो।
जसले राष्ट्रियात जनतन्त्र र जनजीवीकाका लागि शङ्घर्ष गर्छन्।अखण्ड देश र जनताको हित अधिकारका लागि शङ्घर्ष गर्दै आएकाछन् हो उनैलाई आफ्नो अमूल्य मत दिनुपर्छ बुझेउ ?”- रामेले फेरी आफ्नो सुझाव दिईयो।
” हस् मपनि तिमिसङ्गै छु ; देश जोगाउने अभियानया।”- दिनुले पनि रामेको कुरामा सहमति जनाउदै भन्यो।
दाङ घोराही १८
०७-०२-२०२६( २४-१०-२०८२)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x