शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

एक थुँगा फूल – रूपा पौडेल ` शाम्भवी `

  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares

✍️एक थुँगा फूल🌹

एक थुँगा फूलमा भरिएको
मायाको रङ्गमा घुलिरहेछन्
कोमल,निष्कपट,निस्वार्थ
मायाका भावहरू ।

निश्चल,पवित्र ,
मायाका रङ्गहरुमा
मगमगाइरहेछन् ,
प्रेमका सुवासहरू ।

मायालु हातको स्पर्शले पग्लिदैछन्
फूलका पत्र-पत्रहरू
उफ!स्वार्थको प्रचण्ड गर्मीमा
मायाको स्पर्श कति शितल ।

युगौं काट्न मनलाग्छ
यही स्पर्शमा
युगौ वाँधिन मनलाग्छ
यही अंगालोमा ।

मायाका रङ्गहरू घोलिएको
हृदयको क्यानभासमा,
फुलिरहेछ
एक थुँगा फूल ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x