भुकम्प पीडितलाई राहत बितरन
२०८० साल कार्त्तिक १७ गते शुक्रबार राति ११:४७गते जाजरकोट जिल्लाको बारेकोट-१ रामीडाँडा केन्द्र बिन्दु भई गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले प्रभावित जाजरकोट जिल्लाका नलगाड तथा रुकुम पश्चिम जिल्लाका आठबीसकोट, सानोभेरी, चौरजहारीका आसपासका क्षेत्रहरूमा धनजनको ठूलो क्षेति पुर्याएको छ।नलगाड नगरपालिका वडा नम्बर ८ का अति दुर्गम बस्ती मन्सिरे र भरगाउमा ६५ घरधुरी लाई र वडा नम्बर ९ का १०० घरधुरीलाई राहत सामग्री भूकम्प पीडितहरुलाई नगर प्रमुख डम्बर बहादुर रावतले राहत वितरण गर्नु भएको छ । नलगाड नगर प्रमुखको विशेष उपस्थितिमा भूकम्प पीडितहरुलाई प्रतिघर त्रिपाल–१ थान, बलाङ्केट–१ थान र खाद्यान्न लगायतका सामग्रीहरु वितरण गरिएको हो ।
नगर प्रमुख रावतले भुकम्पको कारण आफ्नो नगरपालिकामा अपूरणीय क्षति भएको उल्लेख गर्दै भूकम्प प्रभावितको थप पहिचान गर्नु पर्ने बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE