सरकार निरङ्कुश बन्दैछ – सापकोटा


नेकपा माओवादी केन्द्रका युवा नेता तथा सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका २ जना सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई नियमविपरीत बर्खास्त गरेको आरोप लगाएका छन् । उनले सरकारको निर्णयको भर्त्सनासमेत गरेका हुन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा धारणा राख्दै उनले सरकारले यो देशमा ‘अटोक्रेसी’ चलाउन खोजी रहेको आशङ्कासमेत व्यक्त गरे ।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुलीसम्बन्धमा विद्युत् प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगर्न र नगराउन पनि नेपाल सरकारलाई निर्देशन दिने भनेर भनिएको उनको भनाई छ । तर, लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ती निर्णयहरूलाई उल्टाउन लागेको उनले आरोप लगाएका छ्न ।
त्यतिबेला लेखा समितिले गरेका यी निर्णयहरूलाई कार्यान्वयन गराउनुको सट्टा लेखा समितिका सभापतिले यी सबै निर्णयहरूलाई लत्त्याएर निर्णयहरू उल्टाउने उद्देश्यका साथ जे छलफल गरिराख्नु भएको छ । यो अनैतिक र घोर आपत्तिजनक छ ।’
‘सभापतिले बक्यौता नतिर्ने उद्योगीसँग रहस्यमय भेट गर्नुभयो । त्यसको उत्तरमा उनले नेपाली नागरिकले भेटघाट गरे भन्नुभयो,’ उनले प्रश्न गरे, ‘भिभान्ता होटल भनेको नेपाली नागरिक भेट्ने सार्वजनिक ठाउँ हो ? कि भिभान्ता नेपाल सरकारको कार्यालय हो भनेर छुट्याउनु पर्यो ।’ सापकोटाले सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिनुपर्ने माग समेत गरे ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE