मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

जसपा नेपालको खोटाङ-काठमाडौ सम्पर्क समिती पुनर्गठन

  • 741
  •  
  •  
  •  
  •  
  •  
  •  
    741
    Shares

भदौ ४,ललितपुर।
जनता समाजवादी पार्टी ,नेपालले खोटाङ-काठमाडौ सम्पर्क समिति पुनर्गठन गरेको छ।

मंगलबार केन्द्रिय सम्पर्क समितिको आयोजनामा पार्टी केन्द्रिय कार्यलय ललितपुरमा आयोजित कार्यक्रममा खोटाङ जिल्ला सचिब सुनिल चाम्लिङ राइको सभापतित्वमा प्रमुख अतिथी जसपा नेपाल पार्टी केन्द्रिय सदस्य डा.केके राई,अन्य विषेश अतिथिहरुमा पार्टी केन्द्रिय सदस्य प्रेम राई भुसुरी, प्रदेश १ समिती अध्यक्ष दिपक याक्खा प्रदेश १ अनुशासन आयोग अध्यक्ष नवीन राई लगायत रहेका थिए भने अन्य अतिथिहरुमा पार्टका खोटाङ युवा नेताहरु अरुण कुमार राई,गिरिराज राई,ऋषिधन राई लगायतको बाक्लो उपस्थिति रहेको थियो।#

पुनर्गठित खोटाङ-काठमाडौ सम्पर्क समितीमा पिके वाङदेलको अध्यक्षतामा २१ सदस्यीय समिती गठन भएको छ। यसैगरी समितिमा तीन उपाध्यक्षहरु झुमा पोखरेल,कृतिमान मगर,बिरेन्द्र राई छन् भने सचीव गिरिराज राई, दुई सह सचिवहरु रमेश तामाङ,ध्रुब बा.रानामगर,कोषाध्यक्ष अनमोल राई रहेका छन् ।त्यस्तै अन्य सदस्यहरुमा पर्बत राई,राजेन्द्र राई,सुजन तामाङ,लहे तामाङ ,उषा राना मगर,सन्जिब राना मगर,समीर सुनुवार,टिकाराज राई,रजनी राई,पदम राई,किसान राई,पुस्पा दुमि राई लगायत रहेका छन् ।

प्रदेस १ बिद्यार्थी अध्यक्ष अन्जिल हाङ किरातिले संचालन गरेको कार्यक्रममा अतिथि नवीन राइले समिति नामवली घोषणा गरेका थिए भने सपथ ग्रहण प्रमुख अतिथि डा.केके राइले गराएका थिए।

कार्यक्रममा पुनर्गठित समितिलाइ बधाइ दिने क्रममा प्रमुख अतिथि डा.राईले ‘राजनीति किन गर्नुपर्छ?र पार्टी जसपा नेपाल किन रोज्नुपर्छ स्पष्ट पार्दै शुभकामना बधाइ दिए।’

यसैगरी अतिथीहरु नवीन राईले ‘जसपा भनेको पिपलको रुखको बिरुवा जस्तो हो,असारमा उम्रने झार होइन ‘भने।त्यसैगरी अर्का अतिथि प्रेम भुसुरिले ‘विश्व मै भैरहेको राजनीतिक उथलपुथल अनुसार जसपा नेपालमा पनि परेको हो,यसमा अझ खुशी हुनपर्छ,किनभने क्षमतावान रहनेछ ‘भने।

स्वागत मन्तव्य सम्पर्क समिती पुर्ब उपाध्यक्ष समेत रहेका पिके वाङदेल नै गरेका थिए।कार्यक्रम भव्य सभ्य सम्पन्न भएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x