दुई मुक्तक
नानीबाबा अधिकारी
[१]
जब–जब जवानीको रङ चढ्दै गयो
तब–तब तिमीसँग नाता बढ्दै गयो
आँधी–हुरी, तूफानसरी बाधा आए पनि
यो छातीमा नअटाउने प्रीति गढ्दै गयो।
[२]
थापिरहुँँ अञ्जुली म कति
तौली–तौली नदेऊ न पीरती
ती शब्दका रापिला रापले
दुखी मन जलाउने हो कति।
—
चन्द्रागिरी–१४, नयाँ नैकाप
WRITE COMMENTS FOR THIS ARTICLE