नेकपा एमाले केन्द्रीय सदस्यमा मनोनीत सदस्यहरुले सपथ खादै
नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिने भएका छन् ।
गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीको अनुसार मनोनीत केन्द्रीय सदस्यलाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यलय शपथ गराउने कार्यक्रम रहेको छ ।
एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी र झापा जिल्ला अध्यक्ष दीपक थापा पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE