म मानिस हुँ – सुरेशकुमार पाण्डे


सरस्वती जी महिँला भएर पनि यो के गर्दै हुनुहुन्छ हजुरले लाज डर केही लाग्दैन ? “- एकजना पत्रकारले सोधे।
” किन र सर ? आफ्नो जीवन त धान्नैपर्यो । साथै आफ्नै पनि केही जिम्मेवारी हुन्छन् त्यो पनि त पुरा गर्नै पर्छ।यसमा डर लाज को केकुरा भयो ? “-सरस्वतीले मुस्कुराउँदै भनिन्।
” परमपरालाई धितो राखेर वाइरल हुन खोजेको आरोप पनि लागेको छनी हजुरलाई यसबारे केही भन्दिनुहोस् न।”-पत्रकारले प्रश्न राखे।
“कसैले परिश्रम गरेर आफ्नो जीवन यापन गर्छ भने त्यसलाई यस्ता अनैतिक आरोप लगाएर उसको हिम्त र हौसला माथि अंकूश लगाउँने काम ठिक होइन्।त्यसबारे मैले एत्ती भने।”- सरस्वती अलि चर्को बोलिन।
” हजुरले कहिले घरको छानो छाएर वाइरल हुनुहुन्छ ,कहिले खेत बारी जोतेर आखिर एउटी महिँला भएर पुरूषले गर्ने काम नै किन रोज्नु हुन्छ? अरूपनि त काम हुनसक्छन् हजुरको लाएक ?”- पत्रकारले आर्को प्रश्न राखे।
” पत्रकार महोदय मेरो श्रीमान अहलि यहाँ हुनुहुँदैन ।श्रीमान नभएपछि उहाँको कामको जिम्मा पनि मैसँग छ।खेत बारी बाँजै राख्ने ?घरको छानो चुह्यो भने पानीमा भिज्ने की छाउँने ?”- यसपाली सरस्वातीले प्रतिप्रश्न राखिन्।
” हजुरले हाम्रो मिडिया मार्फत अरू केही भन्न छुट्यो की ?”-पत्रकारले सरस्वतीको उत्तर नदिएरै आर्को प्रसङमा प्रश्न गर्यो।
” हो छुटेको छ ।पहिलो त हजुर आफै पनि एउटा पुरूष हुनुहुन्छ।त्यसकारण मेरो प्रश्नको उत्तर दिन चाहानु भएन।
म महिँला भन्दा पहिले मानिस हु।आजको पुरूष प्रधान समाजले मलाई विद्रोह गरेर वाइरल हुन खोजेको आरोप लगाएपनि यथार्थ यही नै हो। जस्तै पुरूषको पिडा उस्तै महिँला को।
हामिलाई स्वाभिमानी भएर जिउँने बातावरण हुनुपर्छ।”- उन्ले कुराको बिट मार्दै भनिन्।
दाङ घोराही १८
१७-१२-२०२४(०२ -०९-२०८१)
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE