गायन र अभिनयमा सक्रिय टेक अधिकारी


सिन्धुपाल्चोक जिल्लाको चोकटी -५,कान्ले हाल त्रिपुरा सुन्दरी-२कान्ले,निवासी बुबा कर्ण बहादुर अधिकारी र आमा कृष्ण कुमारी अधिकारीको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्मेका टेक बहादुर अधिकारी सामान्य परिवारका सदस्य हुन। अधिकारीको बाल्यकाल कान्लेमै बित्यो। सानैदेखि पढाईमा र गायन क्षेत्रमा रुचि राख्ने अधिकारीले श्री राम नि.मा. बि. बाट अध्ययन सुरु गरि श्री सुनकोसी मा.बि. बाट S.L.C. उत्तीर्ण र श्री सारदा उच्च माध्यामिक बिध्यालयबाट +२ हुदै पशुपति बहुमुखी क्याम्पस बाट ब्याजलर सम्मको अध्ययन सम्पन्न गरेका छन।
सानै उमेर देखि गायन क्षेत्रमा रूचि राख्ने अधिकारीले राजधानी काठमाडौ आयर गायन कलालाइ निरन्तरता दिने सोच बनाए। S.L.C अध्ययनताका नै सामान्य म्युजिक कक्षा सिकेका टेकले आफुलाइ थुप्रै अग्रज कलाकारहरुको गित सुन्दासुन्दै प्रेरणा मिलेको बताउँछन।
बि.स २०६४ सालमा टेक अधिकारिले आफैले लगानी गरेर दैलोमा लास आयो भाका निकाले तर यो गीतमा उनले स्वर भने दिएनन।त्यस लगत्तै उनले चौतारीमा झ्याम्मै बरको रुख गीति एल्बम निकाल्न सफल भए र चर्चासमेत कमाए। चर्चित गायिका सीता थापा,सृजना खत्री हाउडेमाया गीता देवि लगायत अरु चर्चित गायिकाहरुसँग गित गाइसकेका टेकलाइ हामी नेपाली हाम्रो नेपाल, ओइ सानी,छड्के तिलहरी,मोहि खान्छेउ की पानी,माछी लेउमा जस्ता उत्कृष्ट गितहरुले राम्रै चर्चा दिन सफल भयो। हालसम्म करिब डेढ दर्जन साङ्गितिक कोसेली पस्किसकेका टेक स्टेज कार्यक्रमको लागि पनि जाने गर्दछन। तिजको अबसर पारेर प्रत्येक बर्ष जस्तो तिज गित तथा दशै गीत समेत पस्किरहेका टेकले आफ्ना गितको म्युजिक भिडियोहरुमा चल्तिका कलाकारहरु तथा आफै समेत सामेल भै भिडियो मेकिङ पक्षलाई समेत महत्त्व दिने गर्दछन। गाएन को अलवा हाल नेपाल टेलिभिजनको हास्य टेलिफिल्म भद्रगोलमा समेत अभिनय गरिरहेका उनी समसामयिक सामाजिक विषयबस्तुमा आधारित मौलिक साङ्गितिक कोशेली पस्किने अधिकारीले अब एक नौलो विशेष साङ्गितिक कोशेली ल्याउने तयारीमा रहेको बताए।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE