बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

प्रगतिशील – सुरेशकुमार पाण्डे

” सर ! यहाँलाई चिन्नुभयो हजुरले ?”- भुतपरेले सिनियरलाई सोध्यो।
” खै मैले त ठमाउनै सकेन को हुनुहुन्छ ?”-निमाले भुतपरेसँग प्रतिप्रश्न गर्यो।
” सर यहाँहरूको पुरै परिव़ार प्रगतिशील विचारधाराका हुनुहुन्छ।रूढिवादी विचारको जीवनभरी बिरोधगरेका मध्य यो ठाउंका गोपालप्रसाद नै हुनुहुन्छ।”-भुतपरेले गोपालप्रसादको खुबै प्रसन्शा गर्दै भन्यो।
” ए.ए. होर ? सर नमस्कार ! यहाँको नाम त सुनेको जस्तै लाग्छ।तर यहाँसँग कहिल्यै भेट हुने साइत जुरेको थिएन।आज यो साइत जुराई दिनुहुने दाजु भूतपरेलाई धन्यवाद छ।”- निमेले हर्षित हुँदै भन्यो।
आज अचानक उनिहरूको जम्काभेट चियाको पसलमा भएको थियो। बाजारको माझमा पुरानो साथिको चियाको पसल थियो।यहाँ बिहानै देखि बेलुकासम्म अबकास प्राप्त गरेका कर्मचारीहरू आउने र गफ गर्ने एकप्रकारको मिलन केन्द्र बनेको थियो।यहाँ राजनैतिक र सामाजिक सँगै साहित्यिक छलफल भलाकुसेरी हुनेगर्छ।
भुतपरेले तीन कप स्पेसल चिया अडर गर्यो र सबै गफमा जुटे।
“सरले छोरा छोरीको र आफ्नै पनि प्रगतिशील विवाह गर्नु गराउनुभयो।छोराछोरीको पनि नामाकरणमा बाहुनको बहिस्कार गर्नुभयो।
छोराको विवाहमा त सिन्दुरसम्मको बहिस्कार गर्नुभयोको थियो।”-भुतपरे गोपालप्रसादको प्रसंसा खुबै गर्दै भन्यो। ” अनि ” सरका कति छन् छोरा छोरी?”-निमेले सोध्यो।” दुई छोरी छन् दुई छोरा छन्।”- गोपालप्रसादले भने।
“छोरा बुहारीले के गर्छन ? कतै गएकाछन् की घरमै छन् ?” -निमाले सोध्यो।
“एउटा विदेश गयो एउटाले सानोतीनो काम गरेको छ।बुहारीले पनि काम घरेकैछन्। “-गोपालप्रसादले भन्यो।
” ए ए.अनि बुहारीले केमा काम गर्छिन त ?”- एउटा मोबाईलको कम्पनिमा सुपरवेजर गर्छु भन्छिन क्यारे मैले त देखेको छैन्।
“ए.ए. कतै बिना त होइनन् हजुरकी बुहारी ?”- भुतपरे निदार चाउरी पार्दै सोध्यो।
“हजुर हुन ! तर हजुरले कसरी चिन्नुभयो ?”-
“किन नचिन्ने उनि र मैले एकैठाउँमा काम गर्छम्।उनको लोग्ने एक नम्वरको जड्या छ।बिना भने कृष्णा कनैहाँको खास भगत भएकी छन्।

दाङ घोराही १८
२०-०३-२०२६ ( ०६-१२-२०८२)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x