शनिबार, मंसिर २२, २०८१
Saturday, December 7, 2024

टाउको दुख्नुका ४ कारण 

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

साधारणतया टाउकोमा दुखाइ वा असहज महसुस हुनु भनेकै टाउको दुखाइ हो। टाउको दुख्ने समस्या विश्वव्यापी रुपमा अधिकांश मानिसमा हुने गर्दछ। चिकित्सा क्षेत्रमा सबैभन्दा धेरै समस्यामध्ये एक हो।

करिब ९७ प्रतिशत मानिसमा आफ्नो जीवनकालमा कम्तीमा एक पटक टाउको दुख्ने समस्या देखिन्छ। यो समस्या महिलाहरुमा बढी हुने गर्दछ। माइग्रेन सामान्यतया २५ देखि ५५ वर्ष उमेरका व्यक्तिमा बढी हुन्छ। पुरुषको तुलनामा महिलाहरूमा यो समस्या लगभग ३ गुणा बढी हुन्छ।

सबैभन्दा धेरै टाउको दुखाइका कारण माइग्रेन, ओसिपिटल न्युरल्जिया, टेन्सन, क्लस्टर र सरभाइकोजेनिक टाउको दुखाइ नै हुन् ।

१ माइग्रेन 
माइग्रेन, दुखाइ मध्येको बढी व्यक्तिमा देखिने टाउको दुखाइको एउटा रूप हो। बारम्बार घोच्ने वा भकभकी हान्ने, सहन सक्नेदेखि गम्भीर अर्धटाउको दुखाइको रूपमा वर्णन गरिन्छ। माइग्रेन भएकामा दुखाइबीच पूर्ण राहत हुन्छ। माइग्रेनका बिरामीहरु अँध्यारो र शान्त कोठामा बस्न रुचाउँछन् र शारीरिक गतिविधि वा दैनिक कार्यहरुको बेवास्ता गर्दछन्। बिरामीले फरक खालका औरा महसुस गर्ने गर्दछन्, त्यस मध्ये मुख्यतः आँखामा प्रकाशको चमक, काला धब्बा र अन्य दृष्टि परिवर्तनहरू र हातमा झन–झन समावेश छन्।

२ ओसिपिटल न्युराल्जिया
ओसिपिटल न्युराल्जियामा हुने टाउकोको दुखइ निकै कडा खालको हुन्छ। छुरा प्रहार वा विद्युतीय झट्का खालको महसुस हुने टाउको दुखाइ हो। यस प्रकारको टाउको दुखाइ सामान्यतया टाउकोको पछाडि भागमा बढी दुख्ने गर्दछ।

यो केही सेकेन्डदेखि केही मिनेटसम्म रहन्छ। यो दुखाइ मुख्यतः टाउकोको ओसिपिटल क्षेत्रबाट उत्पन्न भएर माथिल्लो घाँटी, टाउकोको पछाडि र आँखाको पछाडि फैलिन्छ। आँखाको पीडा, कान बज्ने, चक्कर आउनेसमेत हुन सक्छ।

३ क्लस्टर खालको टाउको दुखाइ
क्लस्टर एक खालको क्षणिक गम्भीर एकपक्षीय टाउको दुखाइ हो। यो पुरुषहरुमा बढी देखिन्छ। दुखाइ असाध्यै पीडादायी हुन्छ। अक्सर, यस प्रकारको टाउको दुखाइलाई आत्मघाती टाउको दुखाइको रूपमा वर्णन गरिएको छ। क्लस्टर टाउकोको दुखाइ मानवजातिले भोग्ने सबैभन्दा नराम्रो दुखाइ मध्येको एक हो।

टेन्सनको कारण दुख्ने 
यसलाई टाउकोको मांसपेशीबाट उत्पन्न भएको दुखाइको रूपमा लिइन्छ। यो तनावसँग मात्र नभएर टाउको वा घाँटीमा स्नायुसम्बन्धी समस्यासँग सम्बन्धित हुन सक्छ। प्रायः टाउकोको फ्रन्टल, टेम्पोरल र ओसिपिटल क्षेत्र सामेल हुन्छन्। टाउको वरिपरि कडा ब्यान्ड को महसुस हुन्छ।

बोटुलिनम टोकसिन
बोटुलिनम टोकसिन माइग्रेनको गम्भीरता र फ्रिक्वेन्सी कम गर्न प्रभावकारी मानिन्छ । ओसिपिटल नर्भब्लक सर्भाकोजेनिक टाउकोको दुखाइ, माइग्रेन र क्लस्टर टाउको दुखाइका साथै ओसिपिटल न्यूरल्जियासहित विभिन्न प्रकारको टाउको दुखाइको उपचारमा प्रभावकारी छ। स्फेनोपालाटिन गनग्लिओन ब्लक

स्फेनोपालाटिन गनग्लिओन ब्लक माइग्रेन टाउको, क्लस्टर टाउको र धेरै अनुहारको दुखाइ को लागि एक आकर्षक र प्रभावकारी उपचार ढाँचा हो।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x