पुरानो गीत अडियो ल्याउदै राजनिले भनिन् नयाँ एल्बम तयारिमा छु

रातोनेपाल: वैशाख १७,काठमाडौ।
आजभन्दा करिब अढाइ दशक अगाडि एउटा लोकप्रिय गायिका बन्ने सपना बोकेर गोर्खाबाट काठमाडौ राजधानि छिरेकी थिइन् गायिका राजनि राना।
मगर समुदाय लाहुरे परिवारमा फूल जस्तै हुर्किएकी उनले काठमाडौ आउने बित्तिकै गोङबुस्थित लालिगुरास कलामन्दिरमा वरिष्ठ गायक तथा संगीतकार मिलन सिंहसंग शास्त्रीय संगीत प्रशिक्षण करिब ४वर्ष लिइसकेपछी विभिन्न साथिहरुसंग मिलेर कलेक्सन एल्बम ‘प्रस्थान’ इन्द्रेणी क्यासेट सेन्टर कम्पनि मार्फत बजारमा ल्याएकी थिइन्।त्यस एल्बममा रानाको दुई गीत समाबेस थियो। त्यसपछि एकाएक गुमनाम भएकी राजनिले आफ्नो सो एल्बमको एउटा गीत ‘भाग्य लेखियो,चेलिकै निधारमा….’अडियो भर्सनमा ल्याउदै पुनः गायनमा सकृय रहने संकेत प्रकट गरेकी छिन् ।
रातोनेपालसंगको छोटो कुराकानिमा प्रतिक्रिया जनाउदै राजनिले नयाँ एल्बम ‘रारा’ल्याउने तयारिमा रहेको र भकाभक रेकर्डिङमा ब्यस्त रहेको बताइन् ।उनले चर्चित संगीतकार राज्य राई देमिनको एकल संगीत रहने बताउदै गीतकारहरु डा.ओम कृष्ण प्रसाईं,बुद्दबिर लामा,रमेश अधिकारी,प्रकाश दुमि राइलगायतको शब्द छनौट भैसकेको समेत बताइन् ।
गायिका राजनिलाइ पुनः गायनक्षेत्रमा सफलता मिलोस् रातोनेपालको शुभकामना ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE