मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

बजेट जथाभावी प्रयोग नगरौं : नेता सुवाल

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझाव अनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् । सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस्,विरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए छन् । संसद् सदस्यको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने सांसद सुवालको भनाई रहेको थियो । उनले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए छन् ।
सांसद सुवालले सरकारले बजेटमा राख्ने कुनै पनि शीर्षक सांसदको सुझावको आधारमा मात्रै हुनुपर्ने जिकिर पनि गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x