बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

विकृति – सुरेशकुमार पाण्डे

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

मानिस असलमा नाङ्गै आएको हो अनि नाङ्गै जान्छ।”- बुद्धीले भने।
” फेरी त सर ! हामिलाई लुगा लगाउनै भएन त्यसो भए। ” एकजना विद्यार्थिले प्रश्न गर्यो।
सबै विद्यार्थिहरू गलल हाँसे तर बुद्धी सर उनिहरू तिर एककोहोरो हेरिरहे केही पनि नबोली।
” सर ! के भयो नजिकै बसेकी मिना मेम.ले बुद्धी चुप लगाको देखेर सोधिन।
” मैडमज्यू ! उनिहरूलाई मेरो शब्दले किन हसायो भनेर मैले मोन रहेर निरक्षण गरें।अनि के पत्ता लाग्यो भने कुनैपनि शब्दलाई अधुरा सुन्यौं भने त्यसको असर नकारत्मक पर्छ।मैले आफ्नो कुरा टुङ्गाएकै छैन। जन्म र मृत्यु यो प्राकृतिक देन हो। त्यसको बिचमा मानव सभ्यता संस्कार पनि छ।जसको मैले उचारण गर्नै बाँकी छ। त्यसैमा नकारत्मक टिप्णी गरेर खित्का छाडेर हासेको देख्दा अनौठो लाग्यो।”- बुध्दी सर सिरियस भएर लामै कुरा भने।
सबै बाल बालिका गम्भिर भएर सुने।
” सानु बालक खालि दिमाख लिएर आएको हुन्छ तर समय अनुसार उसले सिक्दै र आफ्नो मनसपटलमा राम्रो संस्कार भर्दै जान्छ।
यद्यपि समाजमा नराम्रा कुरा र राम्रा कुरा दुबै हुन्छन्।आगनमा थुप्रै कसिङ्गरबाट अन्नका दाना छुट्टाउने र टिप्न हामिलाई ज्ञानले सिकाउँछ। त्यसैले कसैको नाम विवेक राख्दैमा त्यो विवेकसिल बन्दैन्।”- बुद्धी सरले थुप्रै ज्ञानका कुरा सुनाउँदै भने।
” सर विक्रिती किन भनिन्छ ?”- एकजनाले उठेर सोध्यो।
” विक्रिती समाजलाई नराम्रो असर पुराउने अश्लिल दृश्य आदिलाई भनिन्छ।तर आमाले स्तानपान गराउनु र स-साना बाल बालिका नाङ्गै हिंड्नुलाई विक्रीति भन्न मिल्दैन।”- उन्ले विद्यार्थि सबैलाई नियाल्दै भने।
दाङ घोराही १८
१७-०१-२०२६(०३-१०-२०८२)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x