बाचेको छ गरिब सर्वहारा एकछाक खाएर – सुरेशकुमार पाण्डे

गजल
कोहि रून्छन् कोही हांस्छन् यो संसार उस्तै छ,
डाक्टर बन्छन् बिदेश पुगी तर उपचार उस्तै छ।
सबै छन् सुख्खको खोजिमा तर छन् उस्तै दुखी,
शिक्षित् भन्छन् बुद्धिजिवी तर ब्यवहार उस्तै छ।
बांचेको छ गरिब सर्वहारा एकछाक खाएर पनि,
उसैको पसिना रगतमा पौडिने साहुकार उस्तै छ।
धन् सम्पत्तिले रित्तायो मन्बाट सांचै शब्द प्रेमको,
हेरौं समाजमा आज प्रेमकोपनि ब्यापार उस्तै छ।
जस्ले आफु जस्तैको रगतमा पौडि खेल्छ देशमा,
उसैको हिंजो आज ठुलोधाग छ दिक्दार उस्तै छ।
लड्न त मैपनि लडेकै हु आमूल परिवर्तनकै लागी,
आउन आयो गणतन्त्र व्यबस्था लगातार उस्तै छ।
सुरेशकुमार पाण्डे २१-१२-२०२२,
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE