मङ्लबार, चैत्र ४, २०८१
Tuesday, March 18, 2025

रक्तदान – सुरेशकुमार पाण्डे

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

” हजुर यहाँ ? “- नवराजले आश्चार्य हुँदै सध्यो। “बाबा बिमार हुनुहुन्छ भर्ना गरेको छु।”-कैलाशले भन्यो।
” एक्कासी पेट दुख्यो अस्पत्ताल गएको तुरून्तै अप्रेशन गराउँन पर्छ भन्यो ।त्यहाँ अप्रेशनको सुबिधा छैन।यहाँ रगतको कमि छ व्यबस्था गर्नुस् भन्छन्।”-उसले आफुलाई परेको समस्या बतायो।
नवराजलाई पुरानो समरण भयो ” कैलाश अस्पत्तालमा एउटा रोगी घायल छ दुर्घटनामा परेको।रगतको व्यबस्था गर्नुपरेको छ म दिन्छु तिमीले पनि देउन है ! “- नवराजले कैलाशलाई अनुरोद गर्यो। “म किन दिम ?आँमा तिरको मामा न बाबा तिरको काका को हो को ? तिमि पनि नदेउ।”-कैलाशले भनेको त्यो कुरा झलझली सम्झियो।
” ओहो यो त सारै समस्या पर्यो हजुरले कहीले आफुले रक्तदान गर्नुभएको छ ? “- नवराजले केही सोंचेको झैँ गर्दै सोध्यो।
” अँह ! गरेको छैन।”-सटिकमा उत्तर दियो।ऊ परिसान थियो।
” अब कसो गरौँ त ? ब्लेड बैंकमा जानुभयो ?”- नवराजले प्रश्न गर्यो। ” हजुर गएको हु। कैलाशले सटिकमा भन्यो।
“के भने त ?”- नवराजले सोधे।
” रगत त दिन्छौँ ! तर दानगर्ने मानिस टकार्नुहोस् भन्छन्।रगतको पैसा पनि दिने अनि बद्लामा रगत पनि दिनुपर्छ भने।”- कैलाशले रातोपिरो हुँदै भन्यो।
” हिंड्नोस् ब्लेड बैंकमा कोसिस् त गर्नै पर्यो।”- नवराज कैलास सँगै नजिकैको ब्लडबैंकमा गए।
” सर ! मेरो नाम नवराज हो उन्ले एउटा आइ कार्ड जस्तो देखाउँदै भने। ” बैंकले तुरन्तै सामन्य सुल्कमा रगतका पाँच पोका थमायो।यो देखेर कैलाशलाई सबै कुरा बुझ्न बेर लागेन।
” माफ गर्नुहोला सर ! मैले पनि अबदेखी रक्तदान गर्ने बाचा गर्छु। “-कैलाश आफैलाई पनि गलतिको ऐसास् भयो।
दाङ घोराही १८
०६-०३-२०२५(२२-११-२०८१)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x