संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भाषण सुन्न आग्रह गरेका छन्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो अभिव्यक्तिलाई लिएर विरोध हुन थालेपछि उनले भाषण सबै सुन्न आग्रह गरेका छन् । उनले आफ्नो भनाइलाई काटँछाट गरिएको दाबी गरेकौ छन् ।
‘क्रिष्टियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने तपाईँको अभिव्यक्तिलाई लिएर विरोध भइरहेको छ नि ? भन्ने प्रशासन डटकमको प्रश्नमा छोटो प्रतिक्रिया दिँदै मन्त्री किराँतीले भने, ‘मैले सहिष्णुता कायम गरौँ, संविधानले स्वीकारेको कुरा र संविधानलाई पालना गरौँ । कोही अतिवादी नहाैँ र समाजलाई साम्प्रदायिक भड्कावमा नलैजाउ भनेको हुँ ।
पटकपटक इतिहासमा साम्प्रदायिक दङ्गा भड्काउने नेपाली समाजमा कोसिस भएको भन्दै मन्त्री किराँतीले यसलाई नेपाली जनताले अस्वीकार गरेको बताए । ‘क्रिष्टियन मात्र होइन, जुनसुकै धर्मावलम्बी, जातजाति, भाषाभाषिलाई नमान्नु गैर संवैधानिक हो । संविधानले त मानेको छ । गैर संवैधानिक कोही नहाैँ । संविधानलाई नमान्ने देशद्रोही हो नि त,’ उनले भने, ‘सहिष्णुता कायम गरौँ, संविधान पनि पालना गरौँ ।’
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE