प्रदीप पाठकको निर्देशनमा रातो घाम शिर्षकको चलचित्र बन्दै
चलचित्र ‘रातो घाम’को शुभमुर्हत हालै सम्पन्न भएको छ । चलचित्र युनिटले राजधानीको भद्रकाली मन्दिरमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको मुर्हत सम्पन्न गरेको हो ।
प्रदिप पाठक `नक्कली प्रचण्ड ´को निर्देशनमा बन्ने चलचित्र ग्रेट हिमालयन फाउन्डेसनको व्यानरमा निर्माण हुने निर्माण पक्षले जानकारी दियो ।
निर्देशक पाठकले दिएको जानकारी अनुसार सुशिला आले थापा मगर ,कमल बहादुर बुढाथोकी, ढक बहादुर श्रेष्ठ, शान्तिदिप रेग्मी यस चलचित्रमा निर्माता रहनेछन । चलचित्र रातो घामको कथा शान्तिदिप रेग्मीले लेखेका हुन भने गीत कमल बहादुर बुढाथोकीले सिर्जना गरेका हुन ।
यस चलचित्रमा टपन मिश्रको छायांकन, मनराम केसिको नृत्य, जगत तामाङको द्वन्द्व, सुमन खकुरेलको सम्पादन / कलर हुने जानकारी प्राप्त भएको छ।
चलचित्र रातो घाममा युद्धजङ्ग थापा , प्राप्ती बुढाथोकीको मुख्य भुमिका रहनेछ भने बद्री पुडासैनी , मनराम केशी , भगत शाह, जगत तामाङ्गलगायतको भुमिका रहनेछ ।
फिल्मको छायांकन मङ्सिर १६ गतेबाट सुरु हुने भएको छ। करिब ३० दिन छायांकन सेड्युल रहेको यस फिल्मको छायांकन काभ्रे र ताप्लेजुङका विभिन्न रमणीय स्थानहरूमा गरिँदैछ।
WRITE COMMENTS FOR THIS ARTICLE