आइतवार, चैत्र २३, २०८१
Sunday, April 6, 2025

हास्य कलाकार पाठकको निर्देशनमा तीन चलचित्र बन्दै

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

नक्कली प्रचण्डको भुमिकाबाट दर्शकमाझ चिनिएका कलाकार प्रदिप पाठक आजभोलि चलचित्र क्षेत्रमा व्यस्त छन । उनको निर्देशनमा तेजावी सुन ,रातो घाम र सत्रहजार नामक चलचित्र निर्माण हुन लागेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छ्न ।

नेपालका ४९ जिल्लाका मेला ” महोत्सबहरुमा पुगेर उनी नक्कली प्रचण्डको भुमिकामा हास्य प्रस्तुती दिई दर्शकको मन बस्न सफल कलाकार हुन । दर्जनौ सिरियलहरुमा नक्कली प्रचण्डको भुमिकाबाट चर्चित बनेका कलाकार पाठकले हालै एकैसाथ तीनवटा फिल्मको निर्देशन गर्ने घोषणा गरेपछि चलचित्र क्षेत्रमा त्यो बिषयले चर्चा पाएको छ ।

भारतको मुम्बईबाट १० बर्षअघि अभिनय हुँदै लेखन तथा निर्देशनको तालिम लिएका पाठक नेपाल आएपछि कला क्षेत्रमा नै सक्रिय छन । आफ्नो तीन फिल्म एकैसाथ यहि बर्ष छायांकन र सेन्सर हुने निर्देशक पाठक बताउँछन ।

आजभोलि हास्य फिल्मले भन्दा भावुक प्रकृतिका फिल्मतिर दर्शकहरुको चासो बढेकोले उत्कृष्ट चलचित्र बनाउन सके दर्शकले हेर्ने पाठकको विश्वास छ । आफ्नो फिल्मले पनि दर्शकको मन जित्ने समेत उनको दाबी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x