काठमाडौमा रुकुमका युवाहरू राहत संकलनमा जुटे


२०८० साल कार्त्तिक १७ गते शुक्रबार राति ११:४७ गते जाजरकोट जिल्लाको बारेकोट-१ रामीडाँडा केन्द्र बिन्दु भई गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले प्रभावित जाजरकोट जिल्लाका नलगाड लगायतका विभिन्न क्षेत्रहरू तथा रुकुम पश्चिम जिल्लाका आठबीसकोट सानोभेरी तथा चौरजहारीका आसपासका क्षेत्रहरूमा धनजनको ठूलो क्षति पुर्याएको हुँदा भूक्म्पबाट प्रभावित परिवारको खोजी उद्धार उपचार र राहतको लागि लोकेन्द्र यरिको संयोजनमा आज मिति २०८०।०७।१८ गते बिहान ८.०० बजे जाजरकोट तथा रुकुममा जन्मघर भई हाल काठमाडौ रहनुभएका व्यक्तिहरू काठमाण्डौको भृकुटीमण्डपमा जम्मा भई निम्न अनुसारका निर्णय गरेका छन् ।
१. भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र उपचारार्थ सहजीकरणको लागि काठमाण्डौ उपत्यकामा रही समन्वय गर्न तिलक परियारको संयोजनमा एकराज केसी, गणेश खडका, हरिश्चन्द्र वि,.क. सुरेश प्रकाश केसी, चन्द्रप्रकाश रोकाय, सरोजकुमार बोहरा, हिरालाल केसी सदस्य रहेको टास्कफोर्स निर्माण गर्ने।
२. भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत सामग्रीहरू पुर्याई घाइतेहरूको खोज र उपचारको लागि स्थानीय तहहरूसँग समन्वय गर्न श्री तिलक परियारको संयोजनमा अनिल केसी, चुडामणि खडका, निर्माणकुमार बोहरा, दिपेश ओली र गणेश केसी सदस्य रहेको टास्कफोर्स निर्माण गरी तत्काल प्रभावित क्षेत्रमा परिचालन हुने।
स्वदेश तथा विदेशमा रहनुभएका विभिन्न महानुभाव संघ संस्थाबाट राहतस्वरूप नगद तथा जिन्सी प्राप्त हुने काम जारि छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE