सोमवार, माघ ७, २०८१
Monday, January 20, 2025

खुवाप्रसाद आचार्यको सामाजवादी टिप्स

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

उत्तरगया गाउँपालिका ५ नम्बर खुवा प्रसाद आचार्यको पहिचान दुइ कुरामा स्थापित छ । लामो बामपंथी राजनीति गरेका खुवा एक प्रगतिशील व्यबसायीस हुन । वर्गीय रुपान्तरणसहित समाज स्थापना गर्नका निम्ति विद्यार्थी जीवनबाट राजनीति थालेका खुवाले काठमाडौंमा इन्जिनियरिङ्ग गरे इन्जिनियरिङ्गकै सिलसिलामा जागीर पनि गरे , बामपंथी बिचारलाई फैलाउन सहयोग गरे । गाउँलेकै भाषामा कम्युनिस्ट बिचारधारालाइ सहज रूपमा बुझाउन सकेको कारण ग्रामीण वस्तीहरूकै उनको सु – परिचय बन्यो । खुवाप्रसादले संगठन गर्न सक्छन् भन्ने विश्वासको वातावरण पनि बन्यो ।
पेशाले इन्जिनियर भएपनि रगतमै राजनीति तत्व मिसिएपछी मान्छे अराजनीतिक कसरी हुन सक्छ ह? खुवा पनि राजनीति जीव हुन । समाजलाई बुझ्ने र समाजलाई रुपान्तरण गर्ने सन्दर्भमा उनी माक्र्सवादी तरिका अपनाउँछन । समाजमा देखिएको आर्थिक असमानताले बिभेदको बिज रोप्छ भन्ने धारणासँग खुवाको सहमति रहेको छ ।
लामो समय निर्माण सन्दर्भमा जोडिदा उनले नेपाली समाजलाई नजिकबाट नियाल्ने अबसर पाए । खरले छाएको झुपडीमा जन्मेका खुवा महलहरूको निर्माण अर्थ राजनीति नजिकबाट बुझे । मानिस कसरी उपलब्धि शिखर पुग्छ ? उनले फिल्डमै बुझे । हुँदा खानेहरूको कथाले उनलाई चसक्क छोयो । एउटै गाउँमा जन्मेको , एउटै स्कुल पढेको र उस्तै क्षमता भएको दुई बालकहरू बर्ग बिभाजन पनि खुवा देखेका छ्न । आफ्नै गाउँमा उनले यो उदाहरण पाएका छ्न।

कुनै चिसो बिहान एक सैलुनको टेवलमा बसेर खुवा नेपाली समाजलाई बुझाउँन खोज्छ्न । उनी आधार र उपरिसंरचनाको कुरा गर्छन् । जब आधार कमजोर भएको एउटा पात्र उपरिसंरचनामै ठगिन्छ त्यतिबेला हाम्रो समाजवादको काम आउने उनको ठहर छ।
खुवा हिमाली जिल्ला रसुवामा जन्मे । यहाँको भौगोलिक परिस्थितिलाई बुझे । यहाँ भौगोलिक दुर्गमतालाइ कसरी पैसा भएको वर्गले आफू अनुकुल प्रयोग गर्छ ? उनले नजिकबाट देखेका छ्न । संसदीय व्यवस्थाको अन्धकार तस्वीर उनी रसुवा जिल्लामा पाउँछन् । रसुवा जिल्लाको यो अध्यारो तस्वीर फेर्न उनले केही प्रयत्न पनि गरे । तर कमजोर भयो । यहाँ पनि आधार र उपरिसंरचनाको राजनीति प्रष्ट देखियो । नेपाली समाज पुँजीवादी भइसकेको लामा बहस गरेर थाक्दैनन बौद्धिकहरू । तर खुवा नेपाली समाजको पिँध पनि बुझ्नुपर्नमा जोड दिन्छन् । नेपाली समाजको आतमा अहिले पनि सामन्तवाद सल्वालाइरहेको उनको राय छ ।
जब नव उदारीकरणले बिश्व अर्थ व्यवस्थामा हालीमुहाली जमायो । नेपाल जस्तो अल्प विकसित राष्ट्रले नव उदारीकरणको चोट सहन पर्यो । यसलाई खुवा नेपालको `चिन्तनगत दु:ख´ रूपमा ब्याख्या गर्छ्न । किनकि नेपाल जस्ता देशले आफ्ना खास उत्पादन प्रणाली अपनाउन नै सकेनन । फलतः बहुराष्ट्रिय कम्पनीहरूले क्रेताको रूपमा अल्प विकासित राष्ट्रहरू उभिन बाध्य पाए।
उनी हरेक दिन भनिरहेका छ्न – सबैको सहभागिता अर्थतन्त्रमा हुनुपर्छ । अर्थतन्त्रको हिस्सा समानता हुनु भनेको सहि अर्थमा समाज उन्मुख हुनु हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x