‘अब फुर्सद कसैलाई नदिने विचार छ । अब धेरै समय छ जस्तो पनि लाग्दैन, त्यसकारण अब यो अन्तिम समयसम्म साथीहरु, नेताहरु कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान गर्दै हामी अभियानात्मक रुपमा जाने सोचेका छौं’, प्रचण्डले भने ।
हामीलाई हटाउन सजिलो छैन – प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले आफू यो प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा उनले पार्टी सानो भए पनि सरकार निर्माणका लागि निर्णायक भएकाले पूरै कार्यकाल प्रधानमन्त्री हुने सम्भावना रहेको बताएका हुन् ।
‘हामी इमान्दारपूर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौं । त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो । त्यतापट्टि तपाईहरुले दिमाग लानै पर्दैन । तपाईहरु ढुक्कसँग आफ्नो काम गर्नुहोला’, प्रचण्डले पार्टीका कार्यकर्ताहरुलाई भने ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE