उपमहानगरपालिका धरानमा यलम्बरको फोटो


धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले धरान उपमहानगरपालिकालाई केन्द्रले ध्यान नदिएको भन्दै आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।
उनले हिजो (बुधवार) सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसबारे पूर्व घोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो राखेका छन् ।
उपमहानगरपालिकाका प्रवक्ता सूर्य बहादुर भट्टराईले नगर प्रमुखले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो राखेको जानकारीमा आएको प्रतिक्रिया दिए । ‘कानुनको कार्यान्वयन गर्ने तहमा रहेको व्यक्तिले गरेको उक्त कार्य अराजकताको पराकाष्ठा हो । उहाँ राज्यको नागरिक पनि हो । उहाँले राज्यको कानुन मान्नु पर्छ ‘ उनले भने ।
नगर प्रमुख साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु ‘जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो राख्नेछु ! जय देश ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE