मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

नेकपा एमाले प्रमुख सचेतक बर्तौला र सचेतकमा बराल

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो।

बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन् भने सुनिता बराल समानुपातिक सांसद हुन् । प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x