जनआन्दोलन : सुरेशकुमार पाण्डे

रगतले भिजाएको माटो
रगत पोखेका ति सहिदहरू
साच्चै साचिछन आजपनि
हाम्रै माजमा ट्वाल हेर्दै छन्
चिहान बाट
जिउँदा लाशहरूलाई
जसले जोगाउन सकेनन्
त्यो अमूल्य योगदान
भोक प्यास नभनी
निरन्तर लडे भिडे र
बगाए आफ्नै रगत अनि
प्रजातन्त्र दिएर बिदा भए
उन्ले घर मात्र होइन
समाज मात्र होइन
एउटा गाउँ र देशमात्र होइन
संसार नै छाडेर गए
यही देश र जनताको लागि
एउटा अमूल्य उपहार दिए
आफ्नै प्राणको साटो ल्याएको
गणतन्त्र साच्चै भन्दा
बाँचेकाहरूलाई अमूल्य उपहार
आज फेरी उनैको रगतमा
खेलवाड हुँदैछ उपहास हुँदै छ
त्यो स्वतन्त्रता माथि
स्वाभिमान माथिको बालात्कार
जो सदियौँ देखि हाम्रा पूर्वजले
जोगाउँदै आएका थिए
स्वाभिमान प्राणको सट्टामा
आज त्यही सह अस्तित्व
धितो राखेर मोज मस्ति गर्दैछन्
जसलाई खेद्न बलभद्र कुवँर लडे
सयौँ नर नारी र अभोध बालखले
आफ्नो प्राण दिएर रक्षागरे
भोक प्यास भनेनन्
पानीको मुहान थुनेर कायर्ता देखायो
अंग्रेज जसको दमनबाट देश टुक्रीयो
आज उसैको अगाडी नतमस्तक र
लम्पसार छ सरकार
गर्दैछ सौदा र भित्राउँदै छ डालर
अनि काट्दै छ प्रजातन्त्रका जरा
जनताको आन्दोलनबाट आएको
यही अमूल्य गणतन्त्र
तृव गतिमा
उनै सहिदको चिहानमा उभिएर
कथित नयाँ पुस्ता
प्रजा तन्त्रको उपहास होइन
स्वभिमानको कतल होइन
म आफ्नो कविताबाट
आज यही प्रश्न गर्छु
के सहिदले दिएको त्याग
पोखेको रगत यसैका लागि हो त ?
सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५ -१२-२०८२
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE