मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

नेका का सभापति देउवाले खोजे मधेसी दलको साथ

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी दलका नेताहरूलाई फोन गरेर आफूलाई साथ दिन आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएपछि कांग्रेस सभापति देउवाले तत्कालीन साझेदार दलको साथ खोजेका छन् ।

देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारीलाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव राखेका थिए । ‘हामीले सबै कुरा दिँदा पनि प्रचण्डले धोका दिए,’ देउवाको भनाइ उदृढ गर्दै लोसपाका नेता सुरेन्द्र झाले भने, ‘तपाईँले मलाई साथ दिनुस् । प्रचण्डले विश्वासको मत पाउँदैनन् ।’

मंगलबार भण्डारीबाट पनि देउवाबाट सोही कुरा बिफ्रिङ भएको झाले बताए छन् । उनका अनुसार देउवाले आज ठाकुरसँग भेटवार्ता गर्ने छन् । देउवाले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि कुराकानी गरेका थिए । देउवाले राउतलाई पनि सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

मधेसी दलका नेताहरुसँग नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि कुराकानी गरिरहेका छन् । यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि देउवाले भेटवार्ता गरेका थिए ।

बुधबार बिहान देउवा पत्नी आरजु राणा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लिएर नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवाले प्रचण्डबाट धोका भएको भन्दै सहकार्यका लागि प्रस्ताव गरेको लेखकको भनाइ थियो । देउवाले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग पनि देउवाले टेलिफोन संवाद गरेका थिए ।

देउवाले जनमत, लोसपा र नाउपाका नेताहरूलाई आज अपराह्न चार बजे आफ्नो निवास बुढानीलकण्ठ बोलाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x