मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

रुकुमेली युवाहरूको पहलमा  संकलन गरेको १ ट्रक राहत सामग्री प्रभावित क्षेत्र पठाइयो

  • 941
  • 45
  •  
  •  
  •  
  •  
  •  
    986
    Shares

२०८० साल कार्त्तिक १७ गते शुक्रबार राति ११:४७ गते जाजरकोट जिल्लाको बारेकोट-१ रामीडाँडा केन्द्र बिन्दु भई गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्पले प्रभावित जाजरकोट जिल्लाका नलगाड तथा रुकुम पश्चिम जिल्लाका आठबीसकोट, सानोभेरी, चौरजहारीका आसपासका क्षेत्रहरूमा धनजनको ठूलो क्षेति पुर्‍याएको छ। राहत सामाग्रीहरु भुकम्प प्रभावित क्षेत्रमा सुरेश प्रकाश के. सि. को नेतृत्वमा आज एक ट्रक पठाईएको छ !

रुकुम (पश्चिम) र जाजरकोट लगायत आसपासका क्षेत्र महामारी भूकम्पले दु:खमा परेकोबेला काठमाडौमा रहेका रुकुमेली युवाहरूको संयोजनमा विभिन्न संघ सस्था बाट उपलब्ध बनाइदिनुभएको छ । उक्त सामान सहित काठमाडौबाट भूकम्प प्राभावित क्षेत्रमा पठाईएको छ ।

Expert foundation (शेष्ममणि शर्मा) र युवा नेता माओवादि केन्द्रीय सदस्य अनिल शर्मा  र रुकुमेलि समाज किर्तिपुर को पहलमा सङ्कल भएको समान रुकुम (पश्चिम) भुकुम्प पिडितको लागि १ वटा कन्टेनरमा निम्न समान सहित आठविसकोट नगरपालिकाको लागि पठाइएको छ

1. बाक्लो सिरक फाईबर २४५ थान
2. बलाङ्केट १३२९ थान (४८७) खोल
3. चाउचाउ ३९६ काटुन
सबै आदरणीय सहयोगि महानुभाव हरुलाई राहत संकलन गरि दिनु भएकोमा लोकेन्द्र यरिले हार्दिक धन्यवाद दिनुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र उपचारार्थ सहजीकरणको लागि काठमाण्डौ उपत्यकामा रही समन्वय गर्न लोकेन्द्र यरिको संयोजनमा एकराज केसी, गणेश खडका, हरिश्चन्द्र वि,.क. सुरेश प्रकाश केसी, चन्द्रप्रकाश रोकाय, सरोजकुमार बोहरा, हिरालाल केसी सदस्य रहेको टास्कफोर्स निर्माण गरेर रुकुमेली युवाहरु राहत संकलन कार्यमा जुटेका थिए ।

भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीहरू पुर्‍याई घाइतेहरूको खोज र उपचारको लागि स्थानीय तहहरूसँग समन्वय भैरहेको एकराज के सिले जानकारी दिनुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x