बुधबार, चैत्र ११, २०८२
Wednesday, March 25, 2026

दण्ड – सुरेशकुमार पाण्डे

” कुनै अपराधीलाई दण्ड दिनुपनि सोध्नुपर्छ त ? “- साहु आफ्नाबाटै फतफतायो।उसको हातमा अखबार थियो।त्यो देखेर साहुकी बुढीले हाँसो रोक्न सकिनन् र खित्का छाडेर हास्नथालिन्।
” किन यसरी हाँसेकी रूपाली तिमी ? “- साहुले प्रश्न थप्यो।
” हजुरले एक्लै कुरा गरेको सुनेर हासो लाग्यो। “- रूपाली मुस्कुराउँदै भनि।
” अखबारमा लेखेको छ अपराधीहरूलाई दण्ड सजाय दिने की नदिने ? त्यो पढेर मलाई रिश उठ्यो र रिशको झोंकमा बोलेको थिएं।तिमिले भने कुरै नबुझेर खित्का छाड्यौ।”-साहुले आफ्नो सफाईमा भने।
” हजुरले अखबारमा पढ्नुभएको बारे मलाई केथाहा हजुर बोलेको मात्र सुनेर हासो लाग्यो। “- रूपालीले पनि सफाई दिंदै भनी।
” सर यहाँ साहुजी को हुनुहुन्छ ?”
उनिहरूको कुरा चलिरहेको थियो। एउटा कुरियर वाला कुरियर लिएर आयो। ” मेरो नाम साहु हो किन ?”- साहुले प्रश्न गरे । सर म वेलाडा प्रहरी कार्यलयको स्टाफ हु हजुरको नामको एउटा समन पत्र आएको छ।”- उसले पत्र हातमा थमाउँदै भन्यो।
” केको समन ?”-साहु आश्चार्य हुँदै प्रश्न राख्यो।
” बिगत आन्दोलनमा तोडफोड ,आगजनी र समान लुट्नेमा हजुरको पनि नाम आएको छ। “- उसले मुस्कुराउँदै भन्यो।
साहु त्यो बेला विदेशमा थिए ।
“ऊफ ! यस्तो कसरी भयो ?”- उनि आश्चार्यचकित भए ।
” यसैले पनि होला यो अखबारले सोधेको ।”-उसले पुस्तिकामा सही गर्दै मनमनै भन्यो।अहिले उनिहरू दुबैजनाको अनुहार अंध्यारो थियो।
दाङ घोराही १८
११-०३-२०२६ ( २७-११-२०८२)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x