सह कोषाध्यक्षको उम्मेद्बारी दिएका तिमल्सेनाको प्रतिबद्धता – गैर आवासीय नेपालीको भावनालाई समेटेर अगाडि बढछु


धादिङ जन्मेर परदेशको भुमिमा गैर आवसीय नेपाली अभियन्ताको रूपमा परिचित कृष्ण तिमल्सेना समाजसेवी , मृदुभाषी र सालीन व्यक्तिको रूपमा चिनिन्छ्न । गैर आवासीय नेपाली संघको निर्वाचनमा हाल सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका तिमल्सेना गैर आवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वमा पुगेपछि आर्थिक पारदर्शितालाई ध्यानमा दिदै नेपाली र नेपालीत्व भन्ने भावना जोड दिने बताउँछन् । उनी भन्छन् – `म निर्वाचित भएपछि गैर आवासीय नेपालीहरुको गरिमा उच्च बनाउन लाग्नेछु । संस्थालाई सामाजिक हितको ढाँचालाई ढाल्न मेरो प्रयास सधैं रहनेछ । आम गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनए सामुहिक सहकार्य गर्नेछु । ´
उनले सामाजिक संजालमा लेखेका छ्न – `आदरणीय गैरआवासीय नेपाली अग्रज, अभियन्ता र सम्पूर्ण डेलिडेट्सज्यूहरु, नमस्कार !
गैरआवासीय नेपाली संघको निर्वाचनमा हामी छौँ । निर्वाचन अभियानका क्रममा धेरैभन्दा धेरै साथीहरुसँग भौतिक र भर्चुअल माध्यममार्फत भेट भयो । भेट र सम्पर्कका क्रममा प्राप्त हौसलाले चुनाव जितिन्छ भन्ने लागेको छ । यो बीचमा कतिपय साथीहरुसँग अझै पनि विभिन्न कारणले भेट नभएको हुनसक्छ । विशेषगरी विदेशबाटै अनलाइन भोटिङ गरिरहनुभएका सम्पूर्ण मतदातालाई यसै पोस्टमार्फत आफ्नो अमूल्य दिएर विजयी गराइदिनु हुन अनुरोध गर्दछु।
विजयी भएसँगै इमानदारीताका साथ आफ्नो भूमिकाअनुसार काम गरेर तपाईँहरुको मतलाई न्याय गर्ने बाचा पनि गर्दछु ।
कृष्ण तिमल्सेना
सहकोषाध्यक्ष पदको उम्मेदवार
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE