मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

बिरानु मुलकमा रहेकी रिता गिरि रेनुकाको मार्मिक गजल – सिंगो जवानी

गजल

यहाँ सपना हराएको छ सिङ्गो देश हराएको छ
पिडाले पोलेर भतभत छाती पिटेर कराएको छ

एउटा नागरिकले आफ्नो घर परिवार बचाउँदा
उसको सिङ्गो जवानी खाडीले बेपत्ता गराएको छ

कठै मेरा देशका जनता परदेशको वकालत गर्छन
आफ्नो देशको सिमामा छिमेकीले झन्डा फरफराएको छ

मेरो देशको नेता बिकाउ छन् बिकाउ छ राजनिती
यसो गर उसो गर भन्दै परै बसि अर्कैले अराएको छ

आँखा फेरियो , मुटु फेरियो शरिरको हरेक अंग फेरिए
पैसासँग त आजभोली यमराज पनि डराएको छ

रिता गिरी रेनुका
दोलखा
हाल : बिरानो मुलुक

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x