लघुकथा :- आस – सुरेशकुमार पाण्डे

” ए बाबु यसपाली मलाई दिनु है आफ्नो भोट ! “-नेत्रप्रसादले मैतेलाई भने। ” कहिले दिएको थिएनौँ सर हजुरलाई सधैँ दिन्छौँ नी।”- मैतेले आस्वासन दिंदै भन्यौँ। र पुन काममा जुट्यो। आफूलाई वास्ता नदिएको देखेर मैतेलाई हातको इसाराले बोलाए। ऊ बारीमा थियो नेत्रप्रसाद उसैको आगनमा उभिएकाथिए।
” त्यही त आस लाग्छ दिई रहेको ब्यक्तिको। हामि त आफ्नो मानिस पनि हौँ। तिमिलाई थाहा छ ? तिम्रा बा छँदासम्म सधैँ आउने जाने हुन्थ्यो। एक पटक तिमिहरूको चन्दने गोरू पनि किनेको थिएं मैले।”-नेत्रप्रसादले बिगत कोट्याउँदै भने।
” होला हजुर ।”-मैते नजिकै आयो र सटिकमा भन्यो।
“अनि यता कुलो लाग्दैन कि क्या हो ? बारी त बाँजै देख्छु ।”-नेत्रप्रसादले बारी तिर नजर घुमाउँदै सोधे। ” छैन काँ सिचाई हुने यहाँ त पिउने पानी पनि हाम्मे पर्छ।”-मैतेले बतायो।
” ओहो होर ? अहिले मैले जीतेपछि यो पहिलो काम गर्छु।तिमिहरूको गाउँमा सिंचाईको ब्यवस्था मिलाउने काम मेरो।”-नेत्रप्रसादले प्रश्न सहित आस्वासन् दिंदै भने।
त्यो कुराले मैतेलाई नेत्रले पुरानो कुरा सम्झियो।पछिल्लो चुनावमा पनि पानीको मुद्धा थियो। मैते आफै पनि त्यो बेला नेत्रको लागि भोट माग्न गाउँभरी हिंडेको हो।
” ला बाबु मलाई तिम्रो पूर्ण आसा छ अहिले पनि गाउँमा सबैलाई सचेत गराए।”-नेत्रप्रसादले मैतेको मुखमा हेर्दै भने।
” हस् सर ! अब सबै गाउँलेलाई सचेत गराउँछु।”-मैतेले कृतिम मुस्कुराहक ओंटमा फैलाउँदै भन्यो।
” ला बिदा पाउँ अब आस पुरै छ मलाई ।”-नेत्रप्रसाद विदालिंदै भन्यो।
“तर मलाई भने अब आस रहेन।”- मैतेले मनमनै भन्यो।
दाङ घोराही १८
२०-०२-२०२६(०९-११-२०८२)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE