सीता विश्वकर्मा शीतका तीन मुक्तक

मुक्तक १
हेर्नुहोस न यता न उता पार्ने रहेछन
मायामा धेरैको आँसु झार्ने रहेछन
सबैसँग मायाको नाटक गर्नेहरुले नै
जीवनभर तड्पाई तड्पाई मार्ने रहेछ्न्
मुक्तक २
मनमा दया, माया ,मानवता आफ्नोपन लुकेपछी
यिनिले चिन्न छोडेछन क्यारे सधै उनीसँग झुकेपछी
टेकेको जमिनको पाईला हराउँछ माटोलाई भुल्छ
मान्छेले आफूले आफैलाई बिर्सिन्छ औकातमा पुगेपछि
मुक्तक ३
छाक टार्नकै लागि कति पसिना झरेको हुन्छ
धनी भोलीको भाका राख्दै उसलाई कर गरेको हुन्छ
सुर्यास्त अघि नै प्रतिदिनको ज्याला दिईहाल्नुस
किन ?हातमुख भेट गर्न ज्यालाकै भर परेको हुन्छ
सीता विश्वकर्मा (शीत)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE